नेभिगेसन मेनु

अपाङ्गता भएकालाई घरमै सामग्री
सम्पादक:南亚网络电视
समय:2025-11-04 12:22

 

 photo-by-yam

पञ्चकोशी दैलेख, कात्तिक १८ गते । दैलेखमा एभरेष्ट क्लब अन्तर्गत पावर परियोजनाले अपाङ्गता भएकालाई ह्विलचियर वितरण गरेको छ । अपाङ्गता भएका विद्यार्थीलाई शिक्षामा सहज पहुँच स्थापित गर्नका लागि घरमै पुगेर ह्विलचियर वितरण गरिएको हो । 

अपाङ्गता भएका विद्यार्थी उमेर समूहका बालबालिकालाई उनीहरूको आवश्यकता पहिचान गरी दुल्लु नगरपालिका –५ का मिलन पोखरेलाई  ह्विलचियर सहयोग गरेको एभरेष्ट क्लब अन्तर्गत पावर परियोजनाका जिल्ला संयोजक भुपेन्द्र खत्रीले बताउनुभयो । 

उहाँले कूल ३८ हजार बराबरको बजेटमा ह्विलचियर सहयोग गरिएको जानकारी  दिनुभयो । उहाँले विद्यालय जान नसक्ने भएकाले शिक्षामा पहुँच राख्नका लागि परियोजनाले ह्विलचियर सहयोग गरेको बताउनुभयो । उहाँले घरमै इन्टरनेट जडान गरी अनलाइनमार्फत पढ्ने व्यवस्था मिलाएको बताउनुभयो । 

अपाङ्गता भएका  ह्वीलचियर नहुँदा हातले टेकेर हिँड्नुपरेको कक्षा १०मा अध्ययनरत मिलन पोखरेलले बताउनुभयो । उहाँले दुबै खुट्टामा हिड्डुलमा समस्या भएपछि घर बसेर अनलाइनमार्फत पढ्ने बाध्यता रहेको गुनासो गर्नुभयो । उहाँले अबदेखि ह्वीलचियर पाएपछि विद्यालय जान सहज हुने बताउनुभयो । पोखरेलले भन्नुभयो“आफू दुई बर्ष दुई वटा नै खुटा नचल्ने अवस्थामा पुगेर मेरो यस्तो अवस्था भयो” आर्थिेक अभावका कारण राम्रो अस्पतालमा गएर उपचार गर्न नसकेकाले सबैलाई सहयोगको अपिल गर्नुभयो ।

यस्तै, समाजमा असक्त भएकाहरुलाई स्थानीय सरकारसँगै सामाजिक क्षेत्रका संघ संस्थाहरुले सहयोग गर्नुपर्ने दुल्लु नगरपालिकाका मेयर भरतप्रसाद रिजालले बताउनुभयो । उहाँले नगरपालिकाले उपचारका लागि सक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

यस प्रकारका राहत वितरणले विशेषगरी आर्थिक समस्यामा रहेका र अन्य सामाजिक चुनौतीहरुको सामना गरिरहेका व्यक्तिहरुलाई सघाउन महत्वुपर्ण भूमिका रहने नगरप्रमुख रिजालले उल्लेख गर्नभयो ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर