नेभिगेसन मेनु

उत्कृष्ट शिक्षाको लागि पाैष्टिक आहार
सम्पादक:南亚网络电视
लेखक:बिशाल श्रेष्ठ
समय:2023-04-18 14:53

IMG_8383

कार्यक्रममा उपस्थित प्रअ लगाएत अन्य पदाधिकारी। तस्बिर-बिशाल श्रेष्ठ/एस ए टि भी

चाइना रुरल डेभलपमेन्ट फाउण्डेसन(CFRD)ले स्माइलिङ चिल्ड्रेन स्कुल फीडिङ प्रोजेक्टको बार्सिक उत्सबको अवसरमा नेपाली समुदायिक बिद्यालयमा बालबालिकाको पोषण र पौस्टिक आहारको अवस्था बारे छलफल गर्न शान्ती शिक्षा मन्दिर मावी, ठैटिमा मंगलवार सेमिनार कार्यक्रमको आयोजना गरेको छ।

संचार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा नेपालको लागी चिनिया राजदुत महामहिम छन सोङ, काठमाडौं महानगरका प्रवक्ता नवीन मानन्धर र शिक्षा, बिज्ञान तथा प्रविधी मन्त्रालएका सचिव रामकृष्ण सुवेदीको समेत उपस्थिती रहेको थियो। 

कार्यक्रमका विशेष अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय नेपालकी सरकारकी प्रवक्ता माननीय रेखा शर्माले भन्नुभयो, “भूकम्पलगायतका खाँचो पर्दा चीन हाम्रो ठूलो मित्र र सहयोगी भएको छ। स्माइलिङ चिल्ड्रेन स्कूल फिडिङ प्रोग्राम पूर्वाधार विकास मात्रै नभएर मानवताको विकास पनि हो किनभने मानव विकासका लागि पौष्टिक खाद्यान्न अति आवश्यक हुन्छ।”

“नेपाल सरकारले सुरुमा दुर्गम क्षेत्र कर्णालीबाट यो कार्यक्रम सुरु गरेको थियो र यसलाई अझै विस्तार गर्ने उद्देश्य रहेको छ। नेपाल सरकारको उद्देश्य प्राप्त गर्न चीनले दिएको योगदान निकै फाइदाजनक छ। विकासोन्मुख देशहरूमा गरिब पृष्ठभूमिका प्राथमिक विद्यालयका बालबालिकाहरूले सामना गर्ने भोकको समस्यालाई सम्बोधन गर्ने स्माइलिङ चिल्डरेन स्कूल फिडिङ प्रोग्राम धेरै प्रशंसनीय छ।" उहाले थप्नुभयो।

हालसालै गरिएको अनुसन्धानका अनुसार नेपालमा अझै पनि लाखौं बालबालिकाले आधारभूत शिक्षा र पौष्टिक आहार पाउन सकेका छैनन्। तसर्थ चाइना रुरल डेभलपमेन्ट फाउण्डेसनले इन्टरनेश्नल इस्माइलिङ चिल्ड्रेन स्कुल फीडिङ प्रोजेक्टूसँग सहकार्य सुरु गरेको छ जसले विकासोन्मुख देशहरूमा खानाको माध्यमबाट बालबालिकाको पोषण र शिक्षाको स्थितिमा सुधार गर्ने लक्ष्य राखेको छ।

नेपालका सरकारी विद्यालयमा स्वस्थ र पौष्टिक खानाले गरिब विद्यार्थीको हाजिरी दरमा सुधार गर्ने र यस समूहका बालबालिकाको सिकाइ क्षमता र शारीरिक तथा मानसिक स्वास्थ्यमा सुधार ल्याउन सकारात्मक प्रभाव पार्ने भएकोले (CFRD) ले विद्यालय जाने उमेरका बालबालिकाहरूमा भोक कम गर्ने र शिक्षाको गुणस्तर सुधार गर्ने दीर्घकालीन लक्ष्यका साथ इन्टरनेश्नल इस्माइलिङ चिल्ड्रेन स्कुल फीडिङ प्रोजेक्ट परियोजना सुरु गरेको छ। परियोजनाका विशिष्ट लक्ष्यहरू निम्न अनुसार छन् :

१) बाल्यकालको भोक घटाउने र विद्यालय जाने उमेरका बालबालिकाको पोषण र स्वास्थ्य स्थितिमा सुधार गर्ने

२) शारीरिक र मानसिक स्वास्थ्य प्रवर्द्धन गरेर विद्यालय जाने उमेरका बालबालिकाको सिकाइ क्षमतामा सुधार गर्ने

३) सबै बालबालिकाका लागि समान शैक्षिक अवसरहरू प्रदान गर्ने

४) विद्यार्थी हाजिरी सुधार गर्ने र छोड्नेहरूको सँख्या घटाउने

५) आर्थिक समस्यामा परेका स्थानीय महिलालाई रोजगारी र जीविकोपार्जनका अवसर प्रदान गर्ने

६) अभिभावक, विद्यालय समिति र नेपाल सरकार बीच बाल पोषणको महत्व बारे चेतना जगाउने

परियोजनाले पर्याप्त खानाको अभाव भएका विद्यार्थीहरूका लागि  सरोकारवालाहरूको व्यावहारिक सहयोग र चिन्तालाई सुदृढ गर्न विद्यालयमा निस्शुल्क खाना उपलब्ध गराउने अनुभवलाई संक्षेपमा प्रस्तुत गरेको छ भने परियोजनाले गरिब समुदायका विद्यालय जाने उमेरका बालबालिकाको विद्यालय उपस्थिति दरलाई थप वृद्धि गर्नेछ।

यस एक दिने कार्यशाला र परियोजनाको वार्षिकोत्सव कार्यक्रममा संवाद, ज्ञान आदानप्रदान र अनुभव आदानप्रदानले स्थानीय अधिकारी, विद्यालय परिषद्, आमा समूह र सान्दर्भिक साझेदारहरू बीचको सम्बन्धलाई गहिरो बनाउने आशा गरिएको छ।

सरकारी विभागहरूले स्थानीय स्तरमा कार्यान्वयन कठिनाइहरू पहिचान गरी परियोजनालाई थप प्रभावकारी बनाउन र भविष्यमा परियोजनालाई अझ प्रभावकारी रूपमा कसरी कार्यान्वयन गर्न सकिन्छ भन्ने बारे छलफल गर्न कार्यक्रमको आयोजना गरिएको हो।

फोटो फिचर्स

IMG_8283

IMG_8291

IMG_8296

IMG_8306

IMG_8313

IMG_8323

IMG_8327

IMG_8344

IMG_8352

IMG_8354

IMG_8368

IMG_8424

IMG_8448

IMG_8506

IMG_8349

IMG_8475

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर