नेभिगेसन मेनु

चिनियाँ पाहुनालाई स्वागत गर्दै नेपाल
सम्पादक:南亚网络电视
लेखक:विशाल श्रेष्ठ
समय:2023-04-13 18:11

IMG_7938

छिमेकी देशले भब्य स्वागत गर्दा हर्सित चिनियाँ पाहुना। विशाल श्रेष्ठ/एस ए टि भी

आज बिहानको उडानमा चिनियाँ पर्यटकको ट्रेकिङ समूहले करिब ३ वर्षकाे समय अंतरालपछि नेपालको भूमिमा टेकेको छ । करिब सात सय सदस्यको चिनियाँ ट्रेकिङ टोली आगामी दुई दिन सम्ममा अवतरण गर्नेछ । बिहान र साँझ दुई पटक गरेर समूहका करिब १८० जना मात्रै आज नेपाल अवतरण गर्नेछन् । नेपालको इतिहासमा यति ठूलो ट्रेकिङ टोलीसहितको यो पहिलो चार्टर उडान हो। 

यो नेपाल ओभरसिज चाइनिज एसोसिएसनले चिनियाँ खेलकुद कम्पनी शेङ्तु स्पोर्ट्ससँगको सहकार्यमा पठाएको विशेष हाईकर टुरिष्ट ग्रुप हो । हिमालयन एयरलाइन्स र ओभरसिज फ्रेन्डसिप इन्टरनेशनल हस्पिटलले आफ्नो उडान र स्वास्थ्य सेवाको लागि योगदान गर्न नियमन गरेका छन्।

कोभिड–१९ पछि चीनले सबै चिनियाँ नागरिकको अन्तर्राष्ट्रिय पर्यटनमा रोक लगाएपछि नेपालमा पनि चिनियाँ पर्यटक भित्रेका छैनन् । तर, अहिले चीनले आफ्ना नागरिकलाई केही राष्ट्रको भ्रमण गर्नका लागि पर्यटनको ढोका खोलेको छ । उक्त सूचीमा नेपाल पनि परेको छ ।

चिनियाँ राजदूत माननीय चेन सोङले समूहलाई सम्बोधन गर्दै भन्नुभयो, "तपाईँ ठूलो मात्रामा चिनियाँ पर्यटकको पहिलो समूह हुनुहुन्छ। तपाइँको आगमनले  दुई देश बीच चीन-नेपाल पर्यटन सहयोगको सुव्यवस्थित पुनरुत्थान र जनता-जनताको आदानप्रदानको नयाँ सुरुवात भएको संकेत गर्दछ"। उनले चिनियाँ दूतावासको तर्फबाट समूहलाई हार्दिक स्वागत गरे।

WechatIMG44

‘चीनले सार्वजनिक गरेको पहिलो सुचीमा नेपाल पर्यटकीय गन्तव्यमा थिएन। तर पर्यटन बोर्डका मन्त्रीहरूले नेपालका लागि चिनियाँ राजदूत चेन सोङसमक्ष नेपालमा पदयात्राको प्रक्रिया अगाडि बढाउन प्रस्ताव गरेपछी नेपालकाे पद यात्रा पनि चिनियाँ गन्तव्यको प्राथमिकता प्राप्त पदयात्रा मार्ग अन्तर्गत पर्न गएको छ,’ पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत, धनञ्जय रेग्मीले सञ्चारकर्मीसँग भने ।

राष्ट्रपति भवनमा आयोजित सम्बोधनमा ‘चिनियाँहरूका लागि नेपाल भ्रमण गर्ने सबैभन्दा चासोको ठाउँ हो’ भन्दै माननीय सी जिङ पिङकाे शब्द हरू पनि रेग्मीले स्गमरण गरे। 

पर्यटन बोर्डको व्यवस्थापनमा रहेर साँस्कृतिक वाद्य बजाउने बालाजुको "महिला नौमती बाजा समुह" ले ढाका सारीमा न्यानो गीत गाएर, नाच देखाएर, सांस्कृतिक पञ्चे बाजा बजाएर आजको चिनियाँ पर्यटक काे समूहलाई स्वागत गरेको थियो। 

‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन महामहिम सि जिङ पिङको भूमिका महत्वपूर्ण छ, त्यसैले पोखराबाट चीनको सिधा उडानका लागि उहाँले पनि चाँडै पहल गर्नुहुन्छ भन्ने हाम्रो विश्वास छ" पर्यटन बोर्डका मन्त्री सुडान किराँतीले भने।

लामो समयपछि चिनियाँ पर्यटक नेपाल अवतरण गर्दा, यस समुहलाई नेपाल पर्यटन बोर्ड, पर्यटन उद्योग मन्त्रालय, नेपालका लागि चिनियाँ राजदूत, छन सोङ तथा क्यान (चाइना साउदर्न एयरलाइन्स) का सबै पदाधिकारी मिलेर बिहान ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरे ।

फोटो फिचर्स

IMG_7937

IMG_7907

IMG_7878

IMG_7966

IMG_7873

IMG_7865

IMG_7857

IMG_7850

IMG_7837

IMG_7825

IMG_7783

IMG_7778

IMG_7766

IMG_7764

IMG_7752

 


 
#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर