नेभिगेसन मेनु

चिनियाँ सहरले आफू प्रतियोगिता आयोजनाका लागि पूर्णतः तयार रहेको घोषणा
सम्पादक:南亚网络电视
समय:2023-05-06 14:16

thumb (7)

हाङझाउ एसियाली खेलकुदमा सहभागी हुने देशका ‘चिफ द मिसन’को तीन दिने बैठक यसै साता सकिएको छ । यसक्रममा चिनियाँ सहरले आफू प्रतियोगिता आयोजनाका लागि पूर्णतः तयार रहेको घोषणा गरेको छ । बैठकमा एसियाका ४५ देशका प्रतिनिधि सहभागी थिए ।

नेपालबाट नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्द राजवैद्यले भाग लिएका थिए । बैठकमा चिफ द मिसनलाई प्रतियोगिताका नियम, एन्टी डोपिङ नीति, आयोजनास्थलको तयारी, आवास तथा खानालगायत मिडियाबारे जानकारी दिइएको थियो । उनीहरूलाई आयोजनास्थलको निरीक्षण भ्रमण पनि गराइएको थियो ।

‘प्रतियोगिता सुरु हुन ६ महिनाअगाडिदेखि नै हाङझाउ सहरले आफू पूर्णतः तयार रहेको देखाएको छ । चीनको तयारी उत्कृष्ट र भव्य छ,’ उपाध्यक्ष वैद्यले सुनाए । हाङझाउ एसियाली खेलकुद सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म आयोजना हुँदै छ । प्रतियोगितामा ४० खेलका ४ सय ८२ स्पर्धा छन् ।

हाङझाउ एसियाली खेलकुदका लागि ४४ खेलस्थल प्रयोगमा आउनेछन् । त्यसमध्ये ३० को पुनर्निर्माण गरिएको छ भने १४ पूर्णतः नयाँ छन् । उद्घाटन र समापन हाङझाउ ओलम्पिक स्पोर्ट्स सेन्टरमा हुनेछ । प्रतियोगिताका अधिकांश खेल हाङझाउमै हुनेछन् भने केही खेल तेछिङ, जिनख्वा, निङ्पो, सासिङर वेन्झोमा पनि हुनेछन् ।

एसियाली खेलकुदकै लागि भनेर हाङझाउमा तीव्र गतिको रेल निर्माण गरिएको छ । १८ हजार खेलाडी क्षमताको भिलेज पनि निर्माण गरिएको छ । त्यसमा १ सय ८ आवासीय घर छन् । एसियाली खेलकुदको १९ औं संस्करणमा ३० हजार खेलाडी, प्रशिक्षक र पदाधिकारीको सहभागिता रहनेछ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर