नेभिगेसन मेनु

खटाइए वनरक्षक
सम्पादक:南亚网络电视
समय:2023-02-07 13:03

टटछछ

घोडाघोडी, माघ २४ गते । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा वनरक्षक खटिन थालेका छन्। कैलालीको पहलमानपुर डिभिजन वनअन्तर्गतका १० वटा सबडिभिजन कार्यालयमा सोमबारदेखि उनीहरू हाजिर भएर वनरक्षकका रूपमा खटिन थालेका हुन्। 

डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख गोकुलप्रसाद रिजालका अनुसार सुखड, साँडेपानी, बौनिया, लम्की, भजनी, टीकापुर, फलेबिसौनालगायत १० वटा सबडिभिजन कार्यालयमा ३१ जना वनरक्षक सोमबारदेखि हाजिर भएर कार्यक्षेत्रमा खटिएका छन्। 

प्रदेश लोकसेवा आयोग परीक्षाबाट छनोट भएका १६७ जना वनरक्षक सुदूरपश्चिमका सबै जिल्लाका सबडिभिजन कार्यालयमा खटाइने जनाइएको छ। एउटा सबडिभिजन कार्यालयमा नौ जना कर्मचारीको दरबन्दी रहने बताइन्छ।

कैलालीको धनगढी डिभिजन कार्यालयअन्तर्गतका सबडिभिजन कार्यालयमा २५ जना वनरक्षक खटिएका छन्। डिभिजन प्रमुख रिजालले सबडिभिजन कार्यालयमा रहेको दरबन्दीअनुसार कर्मचारी भएमा वन संरक्षणमा काम गर्न सहज हुने बताउनुभयो। 

वनरक्षकको ९० प्रतिशत कोटा पूरा भएको छ भने वन अधिकृत र रेन्जरको नतिजा आउन बाँकी रहेको जनाइएको छ। अधिकृतस्तरको परीक्षा सङ्घीय लोकसेवा आयोगले लिएको हो भने रेन्जरको परीक्षा प्रदेश लोकसेवा आयोगले लिएको हो।   

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर