नेभिगेसन मेनु

सुदूरपश्चिमका मुख्यमन्त्री रावलले आज शपथग्रहण गर्नुहुने
सम्पादक:南亚网络电视
समय:2023-01-12 13:27

CM-niyukt

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दै हुनुहुन्छ । 

उहाँलाई अपराह्न ४ बजे प्रदेश प्रमुख देवराज जोशीले पद् तथा गोपनियताको शपथ ग्रहण गराउने कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालयले जानकारी दिएको छ । 

सत्ता साझेदार गठबन्धन दल नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा नेकपा (एमाले) का रावल मुख्यमन्त्री बन्नुभएको हाे । 

संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख जोशीले उहाँलाई हिजो मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर