नेभिगेसन मेनु

घर प्रबलीकरण गर्ने प्रविधि भित्रिँदै
सम्पादक:南亚网络电视
समय:2023-01-31 17:40

ghar

पुराना जीर्ण बनेका घरलाई प्रबलीकरण (रेट्रोफिटिङ) गरेर मर्मत गर्ने प्रविधि भित्रिन थालेको छ । भूकम्पको जोखिममा रहेका पुराना जीर्ण बनेका घरमा जस्ता, तारजालीको प्रयोग गरी बाकसजस्तो बनाई प्रबलीकरण गर्ने प्रविधि भित्रिन थालेको हो । यो प्रविधिमा घरका भित्तामा तारजालीको तेर्सो र ठाडो बन्धन बनाई बाहिर–भित्रबाट कसेर सबलीकरण गरिन्छ । 

सुदूरपश्चिमका पहाडी जिल्लामध्ये हाल डडेल्धुरामा प्रबलीकरण थालिएको छ । स्थानीय डकर्मीलाई प्रबलीकरण गर्ने प्रविधिबारे तालिम दिई जनशक्तिसमेत तयार पारिएको छ । अमरगढी नगरपालिका–५ र ७ मा चारवटा घरमा प्रबलीकरण गर्न लागेका छन् । अहिले अमरगढी–७ को पोखरामा एक घर प्रबलीकरण गर्ने कार्य सकिएको छ । घर प्रबलीकरण गर्दा बलियो हुने भएकाले यो प्रविधि भित्रिन थालेको हो । घर बनाउन लागेको कुल खर्चको २० प्रतिशत रकम खर्च गर्दा प्रबलीकरण गर्न सकिने प्राविधिकको भनाइ छ । 

अमरगढी नगरपालिकामा गरिएको सर्वेक्षणमा ३५ प्रतिशत घर भूकम्पीय जोखिममा छन् । अमरगढीमा प्रायः घरहरू नक्सा पास नै नगरी बनाइएका छन् । गाउँका घरहरू ढुङ्गा–माटोको गारो लगाई बनाइएका छन् । अमरगढी नगरपालिकासँगको सहकार्यमा सहरी विपत् तथा भूकम्पीय पूर्वतयारी (सुपर) परियोजनाअन्तर्गत रुडुक डडेल्धुराले सर्वेक्षण गरेको थियो । यो परियोजना अमरगढी–५ र ७ मा सञ्चालित छ । 

परियोजनाका इन्जिनियर दिपेश दाहालका अनुसार भूकम्प प्रतिरोधात्मक घरहरू नभएकाले प्रबलीकरण गरिन लागेको हो । प्रबलीकरण गर्दा भूकम्प प्रतिरोधी पट्टीहरूको प्रयोग गरिएको उहाँले बताउनुभयो । घरका सबै पर्खालमा भूकम्प प्रतिरोधी पट्टीजस्ता तारजाली लगाई ठाउँठाउँमा बाँधिएको छ । त्यसो गर्दा घरको आयु वर्षाैंसम्म हुने उहाँको भनाइ छ । 

अमरगढी–७ मा निम्न आय भएका जीर्ण बनेका दुईवटा स्थानीयका घर छनोट गरी प्रबलीकरण गरिन लागेको वडाध्यक्ष खड्क बोहराले बताउनुभयो ।  स्थानीय डकर्मीलाई प्रबलीकरण गर्न १६ दिने प्राविधिक तालिमसमेत दिइएकाले भूकम्पको जोखिम भएका घर अब स्थानीय डकर्मीले नै प्रबलीकरण गर्ने उहाँले बताउनुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर