नेभिगेसन मेनु

हिउँदे वर्षाले कृषक खुसी
सम्पादक:南亚网络电视
समय:2023-01-26 16:30

Untitled-1

कृषक पानीको पर्खाइमा रहेका बेला सुदूरपश्चिमको कैलालीसहित विभिन्न जिल्लामा दुई दिनदेखि हिउँदे वर्षा भइरहेको छ। पश्चिमी निम्न चापीय प्रभावका कारण उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात र तराईमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल सुदूरपश्चिम प्रदेश, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ। 

यस वर्ष पहिलो पटक दुई दिनसम्म वर्षा भएपछि कृषिबालीलाई फाइदा पुगेको छ। वर्षाले गहुँ, मसुरलगायत हिउँदे बालीलाई धेरै फाइदा गरेको प्रादेशिक कृषि निर्देशनालयका निमित्त निर्देशक यज्ञराज जोशीले बताउनुभयो। उहाँले अहिलेको वर्षा हिउँदे बालीका लागि अमृतसरह रहेको उल्लेख गर्नुभयो। जोशीका अनुसार पानी नपर्दा सिँचाइ सुविधा नभएको क्षेत्रसहित पहाडी जिल्लामा गहुँलगायतका बाली सुक्न थालेको थियो। हिमपात र वर्षा हुँदा किसानले लगाएको बालीलाई फाइदा भएको छ। तर, पानी जम्मा भएको खुला जमिन क्षेत्रमा भने यो पानीले बालीलाई असर गर्ने जोशीको भनाइ थियो। 

कतिपय किसानले पुसमा गहुँ बाली सिँचाइ गरिसकेका थिए। सिँचाइ गरेको गहुँबालीलाई यो वर्षाले थप राम्रो गर्नुका साथै सिँचाइ नगरिएको बालीलाई धेरै फाइदा गरेको बताइएको छ। तर, वर्षाले इँटा व्यवसायीलाई भने नोक्सान गरेको छ। इँटा भट्टामा उत्पादन भइरहेका काँचा इँटालाई पानीले पखाली दिएको छ। सुकाउन राखिएका इँटा भिजेर गलेको छ। यस्तै वर्षाले वैवाहिक कार्यक्रमहरू प्रभावित भएका छन्। माघ ११, १२ गते धेरैको विवाह परेको तर पानीले समस्या गरेको धनगढी उपमहानगरपालिका–१, वसन्त टोलका रन्जित चौधरीले बताउनुभयो। 

हिउँदे वर्षाका कारण धनगढी उपमहानगरपालिकाका विभिन्न सडक हिलाम्मे भएका छन्। धनगढी उपमहानगरपालिकामा अहिले धेरै सडक निर्माण भइरहेको छ। निर्माणाधीन र बिग्रेका सडकहरू हिलाम्मे भएका हुन्। धनगढी गाउँ–जुगेडा, क्याम्पस रोडदेखि देवहरियासम्मको निर्माणाधीन सडकमा पानी जम्नुका साथै हिलो भएको छ। सुदूरपश्चिमसहित पश्चिममा बिहीबारदेखि मौसम सफा रहने महाशाखाको बुलेटिनमा उल्लेख छ। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर