नेभिगेसन मेनु

चिसोले प्रभावित बन्दै परीक्षा
सम्पादक:南亚网络电视
समय:2023-01-11 13:11

Untitled-1-(1)

बाजुरा, पुस २७ गते । जिल्लाका नौवटै स्थानीय तहका २४७ वटा विद्यालयले अहिले आन्तरिक दोस्रो त्रैमासिक परीक्षा सञ्चालन गर्दै आएका छन् । वैशाख २० गतेबाट भर्ना सकेर पढाइ सुरु गर्दै आएका विद्यालयले असारमा पहिलो त्रैमासिक परीक्षा पूरा गरेपछि पुस २२ गतेबाट दोस्रो परीक्षा सञ्चालन गरेका हुन् ।

पुसको पहिलो सातादेखि बाजुरामा अत्यधिक चिसो बढ्दै गएपछि विद्यालयले सञ्चालन गरेको सो परीक्षामा सहभागी हुन विद्यार्थीलाई कठिनाइ भएको छ । विद्यालयले सधैँ कक्षाकोठाको एक बेन्चमा दुई जना राखेर लिने परीक्षालाई अहिले चिसोका कारण बालबालिकालाई चौरमा बसालेर परीक्षा लिन थालेका छन् ।

त्रिवेणी नगरपालिकाको खिन्नै आधारभूत विद्यालय कक्षा आठमा अध्ययनरत छात्र विनोद साउदले चिसोका कारण कक्षाकोठामा बसेर परीक्षा दिन समस्या भएपछि बाहिर घाममा बसेर परीक्षा दिन थालेको बताउनुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर