नेभिगेसन मेनु

सुदूरपश्चिम प्रदेशको उपसभामुखमा चौधरी निर्वाचित
सम्पादक:南亚网络电视
समय:2023-01-18 13:36

Gp-091

सुदूरपश्चिम प्रदेश सभाको उपसभामुखमा सत्ता पक्षबाट नेकपा (एमाले)का कोइलीदेवी चौधरी निर्वाचित हुनुभएको छ । प्रदेश सभाका मंगलबार साँझ बसेको पहिलो अधिवेशनको छैटौ बैठकले चौधरीलाई उपसभामुख निर्वाचित गरेको हो । 

५३ सदस्यीय प्रदेश सभामा उहाँले २८ मत पाउनु भएको सभामुख भीमबहादुर भण्डारीले प्रदेश सभा बैठकमा घोषणा गर्नुभयो । उहाँलाई नेकपा (माओवादी) र नेकपा (एमाले) का १०÷१०, नागरिक उन्मुक्तीका सात र राप्रपाका एक जना प्रदेश सभा सदस्यले मतदान गर्नुभएको थियो ।

उपसभामुखको चुनावमा विपक्षी उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का मायादेवी पन्तले २३ मत पाउनुभयो । उहाँका पक्षको एक मत बदर भएको छ । उहाँलाई नेपाली कांग्रेसका १९, नेकपा (एकीकृत समाजवादी) का चार र स्वतन्त्र गरेर २४ मत प्राप्त हुनुपर्ने थियो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर