काठमाडौं । कैलालीमा नक्कली नोटसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चुरे गाउँपालिका–६ बस्ने ५५ वर्षीय लालबहादुर साउँद छन् ।
धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराहबाट नेपाली एकहजार दरको नक्कली नोट चार थानसहित उनलाई पक्राउ गरिएको हो ।
अस्थायी प्रहरी पोस्ट विशालनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।