नेभिगेसन मेनु

सुदूरपश्चिम प्रदेश सभा बैठक स्थगित
सम्पादक:南亚网络电视
समय:2023-01-16 16:03

1673849100_pradeeesss-1200x560

सुदूरपश्चिम प्रदेश सभा बैठक स्थगित भएको छ। आज बिहान बसेको सर्वदलीय बैठकले पोखरामा जहाज दुर्घटनामा परेको शोक आज मनाउने घोषणा भएकोले प्रदेश सभा बैठक मंगलबारसम्म स्थगित गर्ने सहमति गरेको हो।

यस अघि सुदूरपश्चिम प्रदेश सभामा दुई चोटी भएको सभामुखको निर्वाचनबाट पनि सभामुख चुनिन सकेको छैन। पुस २८ र पुस ३० मा सभामुख छान्न मतदान भए पनि सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टी नै तटस्थ बसेका कारण सभामुखमा उम्मेदवार भएका दुवै उम्मेदवारको  ५१ प्रतिशत मत नपुगेका कारण सभामुख छान्न नसकेको हो।  

सुदूरपश्चिमका सांसदले  पुस १५ गते शपथ लिएका थिए। पुस १८ गते पहिलो बैठक बसेको थियो। पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख चयन गरिसक्ने संवैधानिक व्यवस्था छ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर