नेभिगेसन मेनु

अत्यधिक चिसोले अमेरिका र क्यानडामा जनजीवन प्रभावित, १८ जनाको मृत्यु, कैयौँ उडान रद्द
सम्पादक:南亚网络电视
समय:2022-12-25 18:52

download

काठमाडौँ ( अत्यधिक चिसो मौसमका कारण संयुक्त राज्य अमेरिका र क्यानडामा करोडौँ मानिसहरू चिसोजन्य स्वास्थ्य जोखिमको सामना गरिरहेका अमेरिकी मौसमविद्हरूले जनाएका छन् ।

लाखौं अमेरिकीहरू क्रिसमसको पूर्वसन्ध्यामा यात्रा गरिरहेका बेला शनिबार अमेरिका भित्रिने र बाहिरिने दुई हजार ३६० भन्दा बढी उडान रद्द गरिएको ट्र्याकिङ साइट फ्लाइटअवेयरले जनाएको छ ।

अमेरिकाका १२ वटा राज्यमा हिमपातबाट सिर्जित समस्याहरूसँग जुध्न सङ्कटकालीन कदमहरू चालिएको छ । चिसोका कारण कम्तीमा १८ व्यक्तिले ज्यान गुमाएका छन् ।

अमेरिकाको न्यूयोर्क राज्यको बुफेलोमा तीन, ओहायो राज्यमा पाँच, मिसौरी राज्यमा एक चालकसहित चार, भर्मोन्ट राज्यमा एकसहित अमेरिकाभरी १८ जनाको मृत्यु भएको सम्बन्धित राज्यको स्थानीय प्रशासनले पुष्टि गरेको छ ।

मोन्टाना राज्यमा अहिलेसम्मकै कीर्तिमानी माइनस ४५ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ । यस राज्यका करिब १५ लाख घर र व्यापारिक भवनहरूमा बिजुली आपूर्ति प्रभावित भएको छ भने कैयौँ उडानहरू रद्द भएका छन् ।

चिसो आगामी हप्तासम्म कायम राख्ने पूवानुमान मौसमविद्हरूले गरेका छन् । खराब मौसमले मानिसहरूको व्यवस्थित क्रिसमस योजनालाई बिथोलेको छ ।

अमेरिकी राष्ट्रिय मौसम सेवा एनडब्लूएसले गत शुक्रवार गरेको मौसमसम्बन्धी पूर्वानुमानअनुसार यो वर्ष अमेरिकामा लामो समयसम्म अत्यधिक चिसो रहने बताएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर