नेभिगेसन मेनु

धनगढीमा निषेधाज्ञा कायमै
सम्पादक:南亚网络电视
समय:2022-12-02 11:30

dhangadi-tanab-760x500

धनगढी । कैलालीको धनगढीमा बिहीबार साँझबाट जारी निषेधाज्ञा कायमै रहेको छ । ग्रेडरले कुल्चिएर हसनपुुरस्थित पञ्चोदय मावि कक्षा ८ मा अध्ययनरत १५ वर्षीया छात्रा चेतना साउँदको ज्यान गएपछि विद्यार्थी आन्दोलित भएका छन् ।

प्रदर्शन बढ्न थालेपछि प्रशासनले बिहीबार साँझ ७ बजेदेखि जारी गरेको निषेधाज्ञा आज शुक्रबार साँझ ७ बजेसम्म कायमै रहने भएको हो ।

शान्ति सुरक्षाको अवस्था थप बिग्रन नदिन निषेधाज्ञा जारी भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वेदप्रकाश जोशीले जानकारी दिए । निषेधाज्ञाको समयमा पाँच जनाभन्दा बढी व्यक्ति आवतजावत गर्न, भेला, प्रदर्शन, घुमफिर गर्न, सवारी साधन चलाउन निषेध गरिएको छ ।

हसनपुर पिपलचौतारा नजिक पानीपिच गरिहेको ना १ क ९७५ नम्बरको कालिका कन्स्ट्रक्सनको ग्रेडरले लेबल मिलाउँदै ब्याक गर्ने क्रममा कुल्चिएर छात्राको ज्यान गएको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर