नेभिगेसन मेनु

तपोवनको लगानी सेतीमा स्वाहा
सम्पादक:南亚网络电视
समय:2023-01-10 12:57

Untitled-1 (4)

बझाङ, पुस २६ गते  । तातोपानीका कारण प्रख्यात बझाङको धार्मिक एवं पर्यटकीय स्थल तपोवन क्षेत्रमा सरकारले बर्सेनि गर्दै आएको लगानी खेर गएको छ।

सदरमुकाम चैनपुरबाट नजिकै रहेको तल्कोट गाउँपालिका–१ मा रहेको तपोवन क्षेत्रको विकासका लागि स्थानीय सरकार र प्रदेश सरकारले बर्सेनि बजेट विनियोजन गरेर भौतिक पूर्वाधार निर्माण गर्दै आएको छ। यद्यपि सेती नदीमा बर्सेनि आउने बाढीले क्षति पु¥याउने गरेको छ।

बझाङको प्रमुख पर्यटकीय गन्तव्य बनाउने उद्देश्यसहित सो क्षेत्रमा स्थानीय र प्रदेश सरकारले बजेट विनियोजन गर्दै आइरहेका छन्। 

आर्थिक वर्ष २०७६/७७ मा डिभिजन वन कार्यालय बझाङको समन्वयमा सुदूरपश्चिम प्रदेश सरकारको पर्यटन विकास मन्त्रालयमार्फत ६० लाख बजेट विनियोजन गरेको थियो। सो ठेक्का घटिघटाउमा ३० लाखमा जयलक्ष्मी निर्माण सेवाले पायो। ठेक्का पाएको कम्पनीले काम पूरा ग¥यो तर गएको वर्ष आएको बाढीले सेती नदीको किनारामा रहेको संरचना बगाएर लग्यो।

सेती नदीको किनारमा तातोपानीका ज्वाला छन्। सो तातोपानीलाई एकीकृत गरी मोटर जडान गरेर सोलार सिस्टमबाट माथि पोखरीमा तान्ने योजना सफल भएन। ठेकदार कम्पनीका चक्रबहादुर बोहराले सम्पूर्ण काम पूरा गरेको तर निर्माण कार्य पूरा भएको केही समयपछि बाढीले भत्काइदिएपछि सो पानी तान्ने काम सफल नभएको बताउनुभयो। 

उहाँले भन्नुभयो, “पानी मोटर जडान गरेर निर्माण गरिएको पोखरीसम्म पानी तानेको पनि हो। पानी तानेको तीन÷चार दिनपछि लगातार वर्षाका कारणले सेती नदीमा बाढी आएर गरेका धेरै काम बाढीले बगायो।” 

ठेकेदार कम्पनीका बोहराले काम पूरा गरेको र पानी तान्ने मोटर पनि जडान गरेको भने पनि यहाँका स्थानीयवासीले भने मोटर जडान नगरेको बताउँदै आएका छन्। 

स्थानीय गोपाल कुँवरले भन्नुभयो, “यसमा स्थानीय सरकारले चासो दिनुपर्ने थियो। स्थानीयलाई यसको संरक्षण गर्ने जिम्मा तथा रेखदेख गर्ने जिम्मा दिनुपर्ने थियो। त्यस्तो गरेको हामीले पाएनौँ।” ठेकेदार कम्पनी र डिभिजन वन कार्यालयले समेत सरोकार नराखेका कारण यस्तो हालत भएको स्थानीयवासीको आरोप छ। सो ठाउँमा राखिएका सोलारपाता सबै फुटिसकेको अवस्थामा छन्। ती सोलारका पाताहरू कवाडीलाई पनि काम नलाग्ने अवस्थाका छन्। लाखौँ रुपियाँको लगानीप्रति सरोकारवाला निकायको ध्यान भने पुग्न सकेको छैन। 

पटकपटक स्थानीय सरकार, प्रदेश सरकारले लगानी गर्ने तर प्रतिफल भने नहुने गरेको यस्तो लगानीको कुनै औचित्य नरहेको यहाँका स्थानीयवासीको बुझाइ छ। हालसम्म स्थानीय सरकारदेखि प्रदेश सरकारले झन्डै दुई करोडभन्दा बढी लगानी यस क्षेत्रमा गरेको पाइन्छ। 

भौतिक संरचना पनि निर्माण भएका छन् तर तातोपानीको संरक्षण र दिगो हुने योजना निर्माण नगर्दा सरकारको लगानी खेर गएको स्थानीयवासीको भनाइ छ। स्थानीय कुवेरबहादुर थापाका अनुसार तत्कालीन गाविस हुँदा खेरी जिल्ला विकास समितिबाट पाँच लाख बजेट विनियोजन भएको थियो। यस्तै स्थानीय सरकार बनेपछि २०७४ सालपछि ५० लाख, २० लाख, १५ लाख र सङ्घ सरकारबाट प्रदेश पर्यटन विकास मन्त्रालयबाट ६० लाख आएको थियो।

तपोवनमा विवाह, व्रतबन्ध, काजकिरिया हुने गर्छन्। ठाउँठाउँमा तातोपानीका ज्वाला रहेको तातोपानीमा नुहाउँदा चर्म रोग, बाथ रोग तथा अन्य छालासम्बन्धी रोग निको हुने गरेको स्थानीयवासीको भनाइ छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर