नेभिगेसन मेनु

सम्भवतः कोहली र शर्मा अन्तिम ठूलो खेल खेल्दै
सम्पादक:南亚网络电视
समय:2025-03-09 11:42

koli-and-sharma-0932025034505

एस् ए टी भी २५ फाल्गुन, काठमाडौँः च्याम्पियन्स ट्रफिको आज आइतबार दुबईमा हुने फाइनलमा भारतले न्युजिल्यान्डको सामना गर्दैछ । यो खेल सम्भवतः भारतका दुई भेट्रान स्टार खेलाडी विराट कोहली र रोहित शर्माको अन्तिम ठूलो अवसर हुन सक्नेछ । यो प्रतियोगिता अगाडि दुवै खेलाडीमाथि कसले संन्यास लिने हो भनेर प्रश्न उठेको थियो ।

टेस्ट क्रिकेटमा खराब प्रदर्शनपछि दुवै दबाबमा थिए । कोहली ३६ वर्षका भए भने कप्तान रोहित ३७ । दुवै पछिल्ला १५ वर्षयता भारतीय टिमको प्रमुख खेलाडी रहेका छन् । गत वर्ष भारतले २०–ट्वान्टी क्रिकेटको विश्वकप जितेयता उनीहरू खेलको त्यस ढाँचाबाट संन्यास लिएका थिए । वान डेको अर्को विश्वकप सन् २०२७ मा रहेको छ ।

त्यसैले कोहली र रोहितका लागि यो प्रतियोगिता अन्तिम अवसर मानिएको हो । भारतका पूर्व खेलाडी प्रविण कुमारले टाइम्स अफ इन्डियालाई भनेका छन्, ‘मलाई पूरा विश्वास छ, रोहितको नेतृत्वमा भारतले च्याम्पियन्स ट्रफि जित्ने छ । म चाहन्छु कोहली र रोहितले एक अर्को उपाधि जितून्, अनि संन्यासको घोषणा गरुन् ।’

फाइनलमा भारतलाई नै उपाधिको बलियो प्रत्यासी मानिएको छ । टिम आफैं पनि आत्मविश्वास देखिएको छ । कूल आठ टिमको सहभागिता रहेको प्रतियोगितामा भारतले सबै चार खेल जितेको छ । समूह चरणमा भारतले न्युजिल्यान्डलाई पनि ४४ रनले पराजित गरेको थियो । त्यो खेल अगाडि नै दुवै टिम सेमिफाइनल भने पुगिसकेका थिए ।

राजनीतिक तनावबीच पाकिस्तान जान अस्विकार गरेको भारतले आफ्ना सबै खेल दुबईमा खेलेको छ । कोहलीले पाकिस्तानविरुद्ध लिग चरणमा नटआउट १०० रन बनाएर आफ्ना आलोचकलाई शान्त पनि पारेका छन् । यस्तै, अस्ट्रेलियाविरुद्धको सेमिफाइनलमा उनले निर्णायक साबित ८४ रनको इनिङ्स पनि खेलेका थिए ।

बंगलादेशविरुद्ध पहिलो खेलमा भएको ४१ रन नै रोहितको सबैभन्दा ठूलो व्यक्तिगत प्रदर्शन गरेको छ, तर उनले जसरी टिमको नेतृत्व गरेका छन् र आक्रामक रणनीति लिएका छन्, त्यसको भने प्रशंसा भइरहेको छ । कीर्तिमान तेस्रो पल्ट च्याम्पियन्स ट्रफि जित्ने संघारमा रहेको भारतको स्पिन आक्रमण पनि बलियो रहेको छ ।

दुबईको पिच स्पिन आक्रमणलाई सहयोग गर्ने मानिएको छ । न्युजिल्यान्ड भने दोस्रो पल्ट यो प्रतियोगिता जित्ने अभियानमा हुनेछ । उसले सन् २००० मा नैरोबीमा भएको प्रतियोगिताको फाइनलमा भारतलाई नै हराएको थियो । यसपल्ट भने उसले लहोरमा भएको सेमिफाइनलमा दक्षिण अफ्रिकालाई पराजित गरेको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर