काठमाडौ। थापागाउँस्थित मण्डला थिएटरमा शुक्रबार देखि सुरु भईरहेको नाट्य महोत्सव ‘म्याड फेस्ट- २०२४’ अन्तर्गत शनिबार दोस्रो शो मा नाटक ‘शिल्पीनी’ को मञ्चन गरिएको छ।
कार्य क्षेत्रमा यौन हिंसा भोगिरहेका महिलाहरूको कथा बोकेको ‘शिल्पीनी’ मा महिलाको आत्म-परिभाषाको दर्शनलाई केलाउने प्रयास गरिएको छ।
.
महिलाहरूले जीवनको हरेक मोडमा भोगेका यौन दुर्व्यवहार र हिंसाको प्रभावलाई कथामा प्रतिबिम्बित गर्न खोजिएको छ।
‘शिल्पिनी’ महिला सशक्तिकरणको एक प्रेरणादायक कथा हो जुन हरेक महिलाले आफ्नो जिवनमा अनुभव गरेको असफलता र त्यसमाथि प्राप्त गरेको विजयमा केन्द्रित छ।
श्रेया सिंह र रविकिरणको लेखन अनि बेदना राईको निर्देशनमा तयार भएको नाटक ‘शिल्पीनी’ मा प्रमिला राई, रोशनी कार्की, श्रीसेश श्रेष्ठ र सुज्यान सिलवालको अभिनय रहेको छ।
तस्वीरहरु:-