नेभिगेसन मेनु

कोपा अमेरिका २०२४ः इक्वाडोरमाथि भेनेजुएलाको जित
सम्पादक:南亚网络电视
समय:2024-06-23 12:28

1719109615_venejuela-1200x560

कोपा अमेरिका २०२४ मा भेनुजएलाले जित हात पारेको छ।

समूह ‘बी’ अन्तर्गत आज बिहान भएको खेलमा इक्वाडोरलाई २–१ गोलले हराउँदै भेनेजुएलाले  पुनरागमन जित निकालेको हो।

अमेरिकाको लिभाइज स्टेडियममा भएको खेलमा दश भेनेजुएलाले एक गोलले पछि परेको स्थितिमा पुनरागमन गर्दै दोस्रो हाफमा दुई गोल गरेको थियो।

खेलको २२औं मिनेटमै इक्वेडरका इनर भ्यालेन्सियाले रातो कार्ड पाएपछि दश खेलाडीमा समेटिएको थियो। त्यसका बावजुत पनि जेरेमी सार्मिएन्टोले ४०औं मिनेटमा गोल गर्दै इक्वेडरलाई पहिले अग्रता दिलाएका थिए।

जोन्डर काडिजले ६४औं मिनेटमा भेनेजुएलाका लागि बराबरी गोल फर्काए। त्यसको १० मिनेटपछि एडवार्ड बेलोले गोल गर्दै भेनेजुएलालाई २–१ को अग्रता दिलाए। जुन जितका लागि पर्याप्त बन्यो।

जितसहित भेनेजुएलाले ३ अङ्क जोडेको छ।

अहिले मेक्सिको र जमाइकाबीचको खेल जारी छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर