नेभिगेसन मेनु

सुरजको इट्स माई शोको होस्ट ओसिनमा पुग्दा बन्यो ' सेक्स टक शो', गेस्टलाई प्रश्न 'सेक्स कि फ्रुट'
सम्पादक:南亚网络电视
समय:2024-06-23 12:55

Osin_sitaula_Kf3p5u3I50

काठमाडौँ : सुरजसिंह ठकुरीले कान्तिपुर टेलिभिजनमा लामो समय सञ्चालन गरेको कार्यक्रम इट्स माई शोज् नेतादेखि कलाकारसम्म, बौद्धिकदेखि सिकारुसम्म लोकप्रिय बन्यो।

दर्शकमाझको सकारात्मक प्रभावका कारण नेताहरू समेत लालायित हुन्थे कार्यक्रममा पाहुना बन्न। मेयरको उम्मेदवार भएकै बेलामा बालेन शाह सहभागी भएर गाएको चमेली गीतको प्रभाव निर्वाचनमा मज्जैले देखियो। गगन थापा अनि विश्वप्रकाश शर्माको संवाद उस्तै लोकप्रिय भयो।

क्रिकेट कोच मोन्टी देशाई, क्रिकेटर सोमपाल कामी, मेनुकादेखि उपेन्द्र सुब्बासम्म अतिथि भएको कार्यक्रमको सञ्चालन ठकुरीबाट ओसिन सिटौलामा सरेसँगै भद्र कार्यक्रम सेक्स टक शो जस्तै देखियो।

शनिवार ओसिनको पहिलो एपिसोड थियो अनि अतिथि अभिनेत्री स्वस्तिमा खड्का र साम्राज्ञी आरएल राणा। एक अभिनयमा दिएको फरकपनका कारण यात्रा उचालिइरहेकी अभिनेत्री अनि अर्की निरन्तर फ्लप फिल्मका कारण करिअरै अलमलमा परेकी अभिनेत्री। दुवैको अभिनय यात्रा, अनुभव दर्शकमाझ गजब हुन सक्थ्यो।

तर कार्यक्रम कता बरालियो कता। ठकुरीको कार्यक्रममा देखिने ओझिलो संवादको शैली ओसिनमा आइपुग्दा बोझिलो बन्न पुग्यो। अझ त्यसमा थपियो सेक्सको तड्का।

र्यापिड फायर प्रश्न उत्तरमा ओसिनले सेक्स कि फ्रुट भनेर दुवै नायिकालाई सोधिन्। स्वस्तिमाले सार्वजनिक मञ्चहरूमा प्राय यस्ता प्रश्नको उत्तर इग्नोर गर्ने गरे पनि यसमा भने उत्तर दिइन्। उनले भनिन् सेक्स विथ फ्रुट। त्यसैमा साम्राज्ञीले भनिन् 'या...आई लभ इट।'

साम्राज्ञी २८ वर्षकी वयस्क युवती तर अविवाहित। अविवाहित हुँदैमा सेक्सको अनुभव हुन्न भन्ने छैन। त्यो पनि २८ वर्षको उमेरसम्म। उनले त्यो लुकाइनन् पनि। तर कार्यक्रम सञ्चालिकासहित तीनै जना हाँस्न थाले साम्राज्ञीको उत्तरमा। आफ्नो उत्तर दिनुपर्ने पालोमा भने साम्राज्ञीले सेक्स कि फ्रुटमा फ्रुट रोजिन्।

ओसिन अनि साम्राज्ञी दुबैमा विवाह गर्न ढिला भएकोमा चिन्ता देखियो। यो मामिलामा स्वस्तिमा दङ्ग। स्वस्तिमाले चाँडै लाइफ पाट्नर पाएको आफूहरू भने छान्दै बस्नुपरेको भन्दै दुवैले स्वस्तिमालाई लक्की गर्ल भनिरहेका थिए।

ओसिनले कार्यक्रमको शैली बदलेर यङस्टर दर्शक लक्षित गर्न खोजेको देखियो। कुराकानीको शैली, र्यापिड फायर अनि बजर राउन्ड राखिन् उनले। तर प्रश्नहरू भने घिसिपिटी पाराका थिए।

सुरजको भद्र शैलीले अलग पहिचान बनिसकेको कार्यक्रम ओसिनमा पुग्दा त्यसको क्रेडिटले निरन्तरता पाउने सम्भावना कमै देखियो पहिलो एपिसोडमा।

हल्काफुल्का चिटच्याट गफका लागि नयाँ नाम जुराएको भए उत्तम हुन्थ्यो कि! सेक्सको गफ गर्दैमा कार्यक्रम लोकप्रिय हुने हैन। नत्र स्वस्तिमा र साम्राज्ञीले सेक्सका गफ गरेको कार्यक्रम युट्युब ट्रेन्डिङमा पर्थ्यो। १२ घण्टामा नौ हजारमा किन अड्किन्थ्यो र!

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर