नेभिगेसन मेनु

हिमालयन व्हाइट वाटर च्यालेन्ज सम्पन्न, कोको बने बिजेता
सम्पादक:南亚网络电视
समय:2024-06-26 15:57

IMG_2606

भोटेकोशी नदीमा २२औँ हिमालयन व्हाइट वाटर च्यालेन्ज सम्पन्न भएको छ। ‘नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सिज’ नाराको आयोजनामा नेपालको साहसिक जल पर्यटनलाई विश्व सामु चिनाउने उद्देश्यसहित राफ्टिङ र कायाकिङ विधामा खुल्ला प्रतिस्पर्धा आयोजना गरिएको थियो ।

IMG_2563

बागमती प्रदेश पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्डलगायतको सहयोगमा नाराले सोमबार र मङ्गलबार उक्त कार्यक्रम सञ्चालन गरेको हो । राफ्टिङतर्फ १३ वटा टोलीलाई पछि पार्दै भोटेकोशी एड्भेन्चर क्लबले उपाधि हात पारेको छ भने साथमा ४० हजार नगद, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

यसैगरी प्रतियोगितामा राफ्टिङ स्टार क्याम्प दोस्रो र त्रिभुवन आर्मी क्लब तेस्रो भएका छन् । उनीहरुले क्रमशः नगद २० हजार र १० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । 

IMG_2620

प्रथम द्वितीय र तृतीय हुनेले निर्धारित दुरी क्रमशः २९ मिनेट ५१ सेकेन्ड, ३१ मिनेट ७ सेकेन्ड र ३१ मिनेट ३४ सेकेन्डमा पार गरेका थिए । त्यस्तै, कायाकिङतर्फ सुरेन्द्र माझी प्रथम, कृष्ण खड्का द्वितीय र विजय माझी तृतीय भए । उनीहरुले निर्धारित दुरी क्रमशः ३० मिनेट ५१ सेकेन्ड, ३० मिनेट ५४ सेकेन्ड र ३१ मिनेट ३ सेकेन्डमा पार गर्दै उपाधि जितेका हुन्।

उपाधि बिजेताहरूले उपाधिसँगै मेडल र प्रमाणपत्रका साथै, प्रथमले १५ हजार, द्वितीय हुनेले १० हजार र तृतीय हुनेले ५ हजार रुपैयाँ नगद प्राप्त गरेका छन् । राफ्टिङतर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लबको ३ टोली र एक महिला टोलीसहित कुल १४ टोली सहभागी भएका थिए भने कायाकिङतर्फ २ महिलासहित २४ जना खेलाडीले भाग लिएका थिए ।

प्रतियोगितामा सहभागी एक मात्र महिला टोलीलाई विशेषसम्मान समेत गरिएको छ। प्रतियोगिता भोटेकोसी नदीको बलेफीदेखि चेहेरेसम्म कुल ९ किमी क्षेत्रमा सञ्चालन गरिएको थियो । प्रतियोगिताको कुल खर्च १६ लाख रहेको आयोजक संस्था नाराका महासचिव नारायण श्रेष्ठले जानकारी दिए । 

IMG_2648

DJI_0588

IMG_2665

IMG_2654

IMG_2641

IMG_2634

IMG_2630

IMG_2626

IMG_2480

IMG_2464

Image_20240626121407

Image_20240626115716

 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर