नेभिगेसन मेनु

विश्वकप छनोट : नेपाल बहराइनसँग ५-० ले पराजित
सम्पादक:南亚网络电视
समय:2024-03-22 13:58

WhatsApp-Image-2024-03-22-at-2.03.05-AM-1024x732

फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपाल बहराइनसँग ५-० ले पराजित भएको छ ।

रिफास्थित नेसनल स्टेडियममा भएको खेलमा बहराइनले तीन गोल पहिलो हाफमा गरेको थियो । खेलको सुरुवातमै नेपाल सम्हालिन नपाउँदै बहराइनले गोल गरेको थियो ।

नेपालले घरेलु मैदान विश्वकप छनोटका खेल खेलाउन लायक नभएपछि होम म्याच नै बहराइन आएर खेल्नुपरेको हो । घरेलु मैदानमा खेल्ने तय थियो दशरथ रंगशालाको अवस्था विश्वकप छनोटको खेल खेलाउन लायक नभएपछि खेल बहराइनमै खेलाइएको हो । नेपालले छनोट अन्तर्गत नै बहराइनसँगको अवे खेल आगामी मंगलबार रिफामै खेल्नेछ ।

खेलको दोस्रो मिनेटमै माहदी हुमाइदानले गोल गर्दै बहराइनलाई अग्रता दिलाएका थिए । मोहमद मारहुनको पास सदुपयोग गर्दै हुमाएदानले गोल गरे ।  नवौँ मिनेटमा सायद बकेरले गोल गर्दै बहराइनको अग्रता दोब्बर पारे । कर्नरबाट प्राप्त बलमा अनमार्क रहेका बकेरले सहजै गोल गरे । वालियद अलहायमको कर्नरमा नेपाली डिफेण्डरहरुले बल क्लियर गर्न नसकेपछि बकेरले सहजै गोल गरे ।

यस्तै पहिलो हाफमाको इन्जुरी टाइमको तेस्रो मिनेटमा अली मादनले गोल गर्दै बहराइनलाई ३-० को अग्रता दिलाए । मोहमेद मरहुनल करिब ३० यार्डबाट हानेको फ्रिकिक पोष्टमा लागेर फर्केको थियो । रिबाउन्डमा मादनले हानेको बल गोलकिपर किरणले फ्लाइङ सेभ गर्ने प्रयास गरेका थिए । तर पूर्ण रुपमा बल क्लियर गर्न नसकेपछि गोल भएको थियो ।

पहिलो हाफमा नेपालका कप्तान किरणले तीन बचाउ गर्दा नेपालले गोल अन्तर बढी हुनबाट रोकेको थियो ।

नेपालमा लागि संयुक्त रुपमा कीर्तिमानी १३ गोल गरेका अन्जन विष्ट घाइते हुँदै पहिलो हाफमा मैदान बाहिर आएका थिए । उनको स्थानमा १६औं मिनेटमा दिनेश हेन्जन मैदान प्रवेश गरेका थिए ।

दोस्रो हाफमा बहराइनले नेपालमाथि दबाब कायम राख्दै एक गोल थप्यो ।  ८७औं मिनेटमा इब्राहिम अल खतलले गोल गर्दै बहराइनलाई ४-० को अग्रता दिलाए । त्यसपछि इन्जुरी टाइममा प्राप्त पेनाल्टीमा इस्माइल अब्दुल लतिफले गोल गर्दै बहराइनलाई ५-० को जित दिलाए ।

समूह एचमा दोस्रो जितपछि बहराइनको तीन खेलबाट ६ अंक भएको छ । नेपाल लगातार तीन हारबाट अंकविहिन हुँदै पूछारमा छ ।

चार खेलाडीको डेब्यु

बहराइन विरुद्धको खेलमार्फत नेपालका चार खेलाडीले सिनियर राष्ट्रिय टिममा डेब्यु गरेका छन् । अभिषेक लिम्बु, सौभाग्य (सन्जित) राई तथा फरवार्डद्वय समिर तामाङ र सन्जिव विष्टले डेब्यु गरेका हुन् । सन्जिव बाहेक बाँकी तीनै खेलाडी पहिलो पटक राष्ट्रिय टोलीमा परेका थिए र पहिलो टुरमै डेब्यु गर्ने अवसर पाए ।

जसमा युवा डिफेण्डर अभिषेक लिम्बुले पहिलो रोजाईँमै खेल्दै डेब्यु गरे । यस्तै सौभाग्य राई हाफ टाइममा सुमित श्रेष्ठको स्थानमा मैदान प्रवेश गरेका थिए । युवा फरवार्ड समिर ७९औं मिनेटमा हिसुब थपलियाको स्थानमा मैदान प्रवेश गर्दै डेब्यु गरे ।  समिरले केही महिनाअघि घरेलु मैदानमा साफ यू१९ च्याम्पियनसि खेलेका थिए । तर समिरले धेरै समयम मैदानमा बिताउन भने पाएनन् ।

उनैलाई रिप्लेस गर्दै  अर्का फरवार्ड सन्जिवले ८८औं मिनेटमा डेब्यु गरे । लामो समयपछि राष्ट्रिय टिममा कमब्याक गरेका भरत खवासले पनि ८८औं मिनेटमा मनिष डाँगीको स्थानमै मैदान प्रवेश गरेका थिए ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर