नेभिगेसन मेनु

रामपुरमा राष्ट्रिय महिला भलिबल प्रतियोगिताको तयारी
सम्पादक:南亚网络电视
लेखक:कान्तिपुर
समय:2024-02-26 13:29

thumb

फागुन १८ देखि २४ गतेसम्म पाल्पाको रामपुरमा प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको तयारी तीव्र पारिएको आयोजक जिल्ला भलिबल संघ पाल्पाका अध्यक्ष राजु गुरुङले जानकारी दिए । 

रामपुरका रामतुल्सी खेल मैदानमा हुने प्रतियोगितामा नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ, नेपाली सेनाको त्रिभुवन आर्मी क्लबसहित सात प्रदेशका टिमको सहभागिता रहने उनले बताए । प्रतियोगितामा विजेताले २ लाख ५० हजार, उपविजेताले १ लाख ५० हजार साथै तेस्रो हुनेले ७५ हजार र सान्तवनाले ३५ हजार नगद पुरस्कार, मेडल, प्रमाणपत्र पाउनेछ । प्रतियोगिता सम्पन्न गर्न ८४ लाख बढी खर्च हुने आयोजकले बताए ।

प्रतियोगिताका लागि खेल मैदानका साथै अस्थायी प्याराफिट निर्माण भइरहेको छ । विभिन्न उपसमिति गठन गरी तयारी तीव्र पारिएको उनले बताए । दर्शकको सुविधाका लागि दुईतर्फ प्याराफिट निर्माण भएको छ । ज्येष्ठ नागरिक, फरक क्षमता भएका नागरिकहरूलाई पनि सहज रुपमा खेलको अवलोकन गर्ने व्यवस्था गरिने छ । लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराईले लुम्बिनी प्रदेशमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता सञ्चालन गर्न लागेको बताए ।

लुम्बिनी प्रदेश भलिबल संघका उपाध्यक्ष योग गुरुङले भलिबलको उर्वरभूमिका रूपमा लुम्बिनी प्रदेशले पहिचान बनाएको बताए । प्रतियोगिताका लागि लुम्बिनी प्रदेश खेलकुद परिषद्को प्रवर्द्धन तथा प्रायोजन, नेपाल भलिबल संघको संयोजन, जिल्ला खेलकुद विकास समिति पाल्पा र प्रदेश भलिबल संघ लुम्बिनीको समन्वय, रामपुर नगरपालिकाको संरक्षण, रामपुर उद्योग वाणिज्य संघको प्रवर्द्धनमा हुन लागेको हो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर