नेभिगेसन मेनु

आईसीसी अध्यक्ष नेपाल आउनुको अर्थ
सम्पादक:南亚网络电视
समय:2024-03-20 12:57

e7b5dd50-e603-11ee-aa59-41b5da6b18dc

कीर्तिपुर क्रिकेट मैदान पुगेपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अध्यक्ष ग्रेग बार्कलेले भने, " अहो ! यो त्यही सधैँ दर्शकले भरिएको देखिने रङ्गशाला हो?"

रुख चढेर क्रिकेट हेरेका 'क्रेजी' दर्शकहरूदेखि नेपाली क्रिकेट टोलीले प्रतिस्पर्धा गर्दा समर्थकहरूको भीड लाग्ने कीर्तिपुर मैदानको तस्बिर हेर्दै आएका बार्कले उक्त मैदानबारे नजिकबाट जानकार थिए।

कीर्तिपुर पुगेर खुसी देखिएका आईसीसी अध्यक्ष बार्कले मूलपानी क्रिकेट मैदानको पनि अवलोकन गर्न पुगे। नेपाल क्रिकेट सङ्घका उपाध्यक्ष रोशन सिंहका अनुसार मूलपानीको मैदान देखेर उनी अझ प्रभावित भएका थिए।

नेपाल आउनु अगाडि नै न्युजिल्यान्डका बार्कलेले भनेका थिए, "म त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा रहेको सुविधाहरूको भ्रमण गर्न उत्सुक छु।"

सन् १९९६ मा नेपाल आईसीसीको सदस्य भए यता आईसीसी अध्यक्ष औपचारिक नेपाल भ्रमणमा आएको यो पहिलो पटक हो।

नेपाली क्रिकेटले पछिल्लो समय प्राप्त गरेको सफलताले प्रभावित भएर आईसीसी अध्यक्ष नेपाल आएको बताइएको छ।

चार दिनका लागि नेपाल आएका अध्यक्ष बार्कलेको भ्रमणले नेपाली क्रिकेटलाई थप अवसरको खोजी गर्ने मौका बन्ने क्रिकेट विज्ञहरूले विश्वास गरेका छन्।

प्रतियोगिताको अवसर दिने आईसीसीका अध्यक्ष ग्रेग बार्कले

नेपालको पछिल्लो सफलताबाट प्रभावित आईसीसी अध्यक्ष बार्कलेले नेपाललाई बढीभन्दा बढी अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजनाको अवसर दिन पहल गर्ने बताएका छन्।

नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुर बहादुर चन्दले भने, "उहाँले आईसीसीमा यो विषयलाई प्रमुखताका साथ राख्ने बताउनुभएको छ। यो नेपालको लागि निकै महत्त्वपूर्ण उपलब्धि हुनेछ।"

त्यसअघि राष्ट्रिय खेलकुद परिषद्‌का सदस्य सचिव टंकलाल घिसिङ र आईसीसी अध्यक्षबीचको भेटमा सदस्य सचिव घिसिङले बार्केलेसँग नेपालमा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनाको अवसरहरू जुराइदिन आग्रह गरेका थिए।

क्यान अध्यक्ष चन्दका अनुसार मूलपानीमा दुई वटा क्रिकेट मैदान देखेपछि बार्कले खुसी देखिएका थिए। किनकि अन्तर्राष्ट्रिय क्रिकेट प्रतिस्पर्धा आयोजनाका लागि कम्तीमा ३ वटा मैदान आवश्यक हुने गर्छ।

मूलपानीको दुईवटा मैदान र कीर्तिपुर गरी अब नेपालमा तीनवटा मैदान तयार हुँदैछन्।

सन् २०२७को परीक्षा आईसीसीका अध्यक्ष ग्रेग बार्कले

आईसीसीले यसअघि नै नेपाललाई सन् २०२७ को आईसीसी यू-१९ महिला टी-२० विश्वकपको सह-आयोजकको जिम्मा दिइसकेको छ।

बाङ्ग्लादेशसँग मिलेर नेपालले सो प्रतियोगिता आयोजना गर्नेछ।

उमेर समूहको भए पनि आईसीसीले नेपाललाई दिएको यो ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनाको अवसर हो।

आईसीसी अध्यक्षले त्यसको लागि पनि नेपालका मैदान भ्रमण गर्न चाहेका थिए। त्यसैले भारतमा भर्खरै सम्पन्न विमिन्स प्रिमिअर लीग हेर्न भारत आएका बेला बार्कलेले नेपाल भ्रमणको तालिका मिलाएको बताइएको छ।

आयोजनाको लागि नेपालसँग अझै तीन वर्षको समय छ। त्यसबीच नेपालले भौतिक पूर्वाधारमा उल्लेख्य प्रगति गर्ने अवसर छ।

त्यसका साथै युवा महिला टोलीको स्तर अभिवृद्धि गर्ने अवसर पनि नेपाल क्रिकेट सङ्घलाई छ।

त्यसैमा बार्कलेको भनाइ छ, "सन् २०२७ मा आईसीसी यू-१९ महिला टी-२० विश्वकपको सह-आयोजक नेपालले राम्रो गर्नेमा आईसीसी विश्वस्त छ।”

नेपालमा हुने भेटघाट

बार्कलेले अब बुधवार प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', अर्थमन्त्री वर्षामान पुन र युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठसँग भेट्ने कार्यक्रम छ।

क्यान अध्यक्ष चन्दले बीबीसीसँग भने, "उहाँले प्रधानमन्त्रीसँगको भेटमा पनि नेपाललाई आयोजनाको थुप्रै अवसर दिने कुरा बताउने भन्नुभएको छ।"

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर