नेभिगेसन मेनु

नामिबियाले टस जितेर ब्याटिङ रोज्यो, नेपाल फिल्डिङका लागि उत्रँदै
सम्पादक:南亚网络电视
लेखक:नयाँ पत्रिका
समय:2024-02-27 13:49

nepal-namibia-tos2024-02-27-11-30-32 (1)

टी–२० आई त्रिकोणीय शृंखलाको पहिलो म्याच केहीबेरपछि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि खेलमैदानमा हुने खेलमा आज नेपाल र नामिबिया भिड्दैछन् । 

नामिबियाले टस जितेर पहिले ब्याटिङ रोजेको छ । नामिबियाका कप्तान जेजे स्मितले टस जितेर पहिलो ब्याटिङ रोजेका हुन् । नियमित कप्तान जेरार्ड एरास्मस आजको म्याचमा नखेल्ने भएकाले नामिबियाको नेतृत्व जेजे स्मितले गरेका हुन् । 

नेपाल केहीबेरपछि फिल्डिङका लागि मैदानमा उत्रनेछ । नेपाली टोली रोहितकुमार पौडेलको कप्तानीमा उत्रँदैछ । एकदिवसीय टिममा नरहेका सन्दीप जोरा, विवेक यादव र अभिनाश बोहोराले आज मौका पाएका छन् । 

यस्तै, कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी, यादव र गुलशन झा टिममा छन् । 

नामिबियाको टोलीमा जेपी कोट्जे, जान फ्रिलिंक, मलान क्रुगर, माइकल भान लिंगेन, जेन ग्रीन, रुबेन ट्रम्पलम्यान, जेजे स्मिट, जान निकोल लोफ्ट इटन, बर्नार्ड स्कोल्ज, टांगेनी लुन्गामेनी र पिटर ब्लिगनट छन् । 

नेपाल, नामिबियासँगै शृंखलामा नेदरल्यान्ड्स पनि सहभागी छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर