नेभिगेसन मेनु

ठेकेदार फरार, पुल अलपत्र
सम्पादक:南亚网络电视
समय:2024-03-14 12:43

Untitled-1

चैत १ गते । उदयपुरको बेलका नगरपालिका–३ स्थित गिदेरी खोला मोटरेबल पक्की पुल निर्माणको काम बिचैमा अलपत्र परेको छ । सो पुल निर्माण गर्ने कम्पनी पप्पु मृत सञ्जीवनी जेभीका ठेकेदार गौरी उप्रेती सम्पर्कविहीन भएपछि पुल निर्माणको काम बिचैमा अलपत्र परेको हो । 

छ स्पानको २१८ मिटर लामो तथा सात वटा आरसिसी बेल फाउन्डेसन डिजाइनको पिल्लर रहेको सो पक्की पुल बेलका नगरपालिका–३ को सातपत्रे र रातापानीबिचको गिदेरी खोलामा निर्माणाधीन छ । 

विसं २०७४ असार मसान्तसम्ममा काम सम्पन्न गर्ने गरी २०७१ साल असार ३१ गते डिभिजन सडक कार्यालय लहानसँग भ्याटबाहेक १३ करोड ३९ लाख ६७ हजार ४७९ रुपियाँमा ठेक्का सम्झौता गरेर सो कम्पनीले निर्माणको जिम्मा लिएकोमा अहिलेसम्म ५० प्रतिशत पनि काम पूरा नगरेको र पछिल्लो दुई महिनादेखि त ठेकेदार नै सम्पर्कविहीन भएको डिभिजन सडक कार्यालय लहानका प्रमुख डिई रमेश चौधरीले बताउनुभयो । उदयपुर सप्तरी र भौजपुर जिल्लाका विभिन्न आठ वटा गाउँपालिकाका मानिसलाई आवागमन सहज हुने गरी निर्माण गर्न थालिएको उक्त मोटरेबल पक्की पुलको निर्माण कार्य छ वर्षपहिले नै सम्पन्न भइसक्नुपर्नेमा कार्यालयले ठेकेदार खोज्दै हिँड्नुपर्ने अवस्था आएको सडक कार्यालयकै साइट इन्जिनियर अमरेन्द्र यादवले बताउनुभयो ।

१५ मिटर गहिराइको बेल फाउन्डेसन जग भएको आरसिसी प्रिटेस डिजाइनको सो पुलका लागि भ्याटबाहेक १९ करोड दुई लाख रुपियाँको लागत स्टिमेट भए पनि निर्माण कम्पनीका ठेकेदारले झन्डै छ करोड घटीमा कामको जिम्मा लिएको र हालसम्म छ करोड ५० लाख रुपियाँभन्दा बढी रकम कार्यालयबाट भुक्तानी लिएर बिचैमा काम छोडर ठेकेदार हिँडेपछि निजको खोजी भइरहेको इन्जिनियर यादवले बताउनुभयो । छ वर्ष पहिले नै निर्माण सम्पन्न भइसक्नुपर्ने समय भए पनि ढिलो गरी काम थालिएको पुलको पिल्लरमा प्रयोग हुने सामग्री गुणस्तरहीन पाइएपछि बेलका नगरपालिकाले तत्कालीन समयमा निर्माण कार्यमा रोक लगाउनु परेको बेलका नगरपालिकाका पूर्वउपप्रमुख राजकुमारी चौधरीले बताउनुभयो । 

एउटा पिल्लरमा जमिनमुनिको १३ मिटर ढलान भई सतहमा डेढ मिटर उचाइको गोलो ढलान गर्ने व्रmममा गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरेका कारण ‘सिपेज’ भएर पानी निस्किएपछि नगरपालिकाले त्यति बेलै काम रोक्नु परेको पूर्वउपप्रमुख चौधरीले बताउनुभयो । बेलका नगरपालिकाको केन्द्र रामपुर आउजाउ गर्न नगरपालिकाका वडा नं. १, २, ३ र ४ का बासिन्दालाई हरेक वर्षायाममा समस्या झेल्नु परेको स्थानीयवासीको भनाइ छ । पुल नबन्दा झन्डै दर्जन गाउँबस्तीका मानिसलाई वर्षायाममा नगरपालिकाको केन्द्र आउजाउ गर्न समस्यामा पर्ने गरेको स्थानीय सुशील सेढाईंले बताउनुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर