नेभिगेसन मेनु

डा. रुइतलाई अभिनन्दन
सम्पादक:南亚网络电视
समय:2024-03-04 12:45

Untitled-1 (1)

फागुन २१ गते  । वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतलाई ताप्लेजुङमा अभिनन्दन गरिएको छ । आँखा शिविर सञ्चालनका व्रmममा गृह जिल्ला आउनुभएका डा. रुइतलाई नेपाल नेत्रज्योति सङ्घ ताप्लेजुङ शाखाले नागरिक अभिनन्दन गरेको हो । 

आँखाको हेरचाह तथा उपचार र मानवीय सेवामा विशेष योगदान पु-याएकोमा सम्मान गर्दै डा. रुइतलाई नेत्रज्योति सङ्घले अभिनन्दन गरेको नेत्रज्योति सङ्घका जिल्ला सभापति राजकुमार गुरुङले जानकारी दिनुभयो । फुङ्लिङ नगरपालिकाले पनि डा. रुइतलाई सम्मान गरेको छ ।

फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनले ताप्लेजुङको दुर्गम भेगमा जन्मिएर आँखा स्वास्थ्यमा उहाँले गरेको योगदानलाई भुल्न नहुने बताउनुभयो । नेपाल नेत्रज्योति सङ्घ जिल्ला शाखाले सदरमुकाम फुङ्लिङमा सञ्चालित मोतिबिन्दुका रोगीको शल्यव्रिmयासहित तीन दिने निःशुल्क आँखा शिविरमा सहभागी हुन डा. रुइत आउनुभएको थियो । शिविरमा १५४ जना मोतिबिन्दुका रोगीको आँखा शल्यव्रिmया गरिएको छ । डा. रुइत यहाँको फक्ताङ्लुङ–७, ओलाङ्चुङगोलामा जन्मनुभएको हो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर