जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जमा जारी गरेको कर्फ्यू केही खुकुलो गरेको छ।
सर्वसाधारणको सुविधालाई मध्यनजर गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले आज बिहान ६ बजेदेखि १० बजेसम्म ४ घन्टाका लागि कर्फुयू आदेश खुला गरिएको बताए।
उक्त समयपश्चात स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जारी गरिएको कर्फ्यू आदेश अर्को आदेश जारी नभएसम्मका लागि यथावत रहने प्रजिअ भुसालद्वार जारी सूचनामा उल्लेख गरिएको छ।