नेभिगेसन मेनु

भारतसँगको सिमानामा सशस्त्रको बिओपी स्थापना
सम्पादक:南亚网络电视
लेखक:रासस
समय:2024-03-07 12:47

607ceb362c2f7_5f544d29b3036_5e8bc18c1afcd_Untitled-2

फागुन २३ गते । सुनसरीको दक्षिणी सीमावर्ती पालिका बर्जू गाउँपालिका-४ मा स्थापना भएको सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउटपोष्ट (बिओपी) आजदेखि सञ्चालन भएको छ । 

कोरोना महामारीका बेला हर्बोनीमा स्थापना भएको फरवार्ड बेसलाई सशस्त्र प्रहरी बलले बिओपीका रूपमा सञ्चालनमा ल्याएको हो । बर्जू गाउँपालिका-४ मा स्थापना भएको उक्त बिओपीको सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनीकुमार पोखरेलले उद्घाटन गर्नुभयो । सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, कोसी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक चन्द्रकुबेर खापुङ र बर्जू गाउँपालिकाका अध्यक्ष जीवछकुमार रायलगायतको उपस्थितिमा उक्त बिओपीको उद्घाटन गरिएको हो ।

सशस्त्र प्रहरी बलले विराटनगरका रोमी जैनले उपलब्ध गराएको चार कट्ठा र बर्जू गाउँपालिकाले उपलब्ध गराएको दुई कट्ठा गरी छ कट्ठा क्षेत्रफलमा बिओपी निर्माण गरेको छ । सीमासुरक्षा र चोरीतस्करी नियन्त्रणसँगै सीमा अपराध रोक्न बिओपीबाट मद्दत मिल्ने बराह बाहिनीका बाहिनीपति पोखरेलले बताउनुभयो । बिओपीबाट ३ दशमलव ९ किलोमिटर क्षेत्रभित्रका ५१ वटा सीमास्तम्भको रेखदेख हुनेछ । हर्बोनीमा बिओपी उद्घाटन भएसँगै सुनसरीमा सशस्त्र प्रहरीको बिओपी सङ्ख्या नौ पुगेको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर