नेभिगेसन मेनु

सामुदायिक वनमा पक्की संरचना नबनाउन निर्देशन
सम्पादक:南亚网络电视
समय:2024-03-05 12:31

3

फागुन २२ गते  । वन तथा वातावरणमन्त्री गणेश उप्रेतीले वन परिसरभित्र भौतिक संरचना नबनाउन निर्देशन दिनुभएको छ । झापा जिल्लामा सामुदायिक वन परिसरभित्र पर्यटक आकर्षण गर्न धमाधम रूपमा भौतिक संरचना बनाउने प्रतिस्पर्धा भइरहेका बेला वनमन्त्रीले यस्तो कार्यमा रोक लगाउन निर्देशन दिनुभएको हो । पर्यापर्यटन विकास गरेको नाममा सामुदायिक वनहरूले पक्की संरचना बनाउने कार्य नरोके कारबाही गरिने चेतावनी दिँदै उहाँले यस्तो निर्देशन दिनुभएको हो । 

मेचीनगर नगरपालिकाको हातेमालो सामुदायिक वन उपभोक्ता समूह अन्तर्गत निचाझोडा सिमसार पर्यापर्यटन क्षेत्रको अवलोकन गर्न आइतबार झापा आउनुभएका मन्त्री उप्रेतीले सामुदायिक वन क्षेत्रलाई प्राकृतिक रूपमा नै विकास गरिनुपर्ने भन्दै संरचना बनाएर वन क्षेत्रलाई प्रभावित पार्ने काम नगर्न आग्रह गर्नुभयो । 

यहाँ रहेका वन्यजन्तु र चराचुरुङ्गीलाई समेत असर पर्ने गरी र प्राकृतिक सुन्दरतालाई ओझेलमा पार्ने गरी कतिपय क्षेत्रमा पक्की संरचना बनिरहेको प्रति ध्यानकर्षण भएको उहाँको भनाइ थियो । आफूले यस विषयमा डिभिजन वन कार्यालय सम्बन्धित निकायलाई समेत स्पष्ट रूपमा निर्देशन दिइसकेको जानकारी दिनुभयो ।

सामुदायिक वनलाई पर्यटकीय आकर्षणको केन्द्र बनाउन सकिने र यसका लागि प्रदेश सरकार सकारात्मक रहेको भन्दै यही वनभित्रकै काठको प्रयोग गर्न सकिने उहाँको भनाइ रहेको थियो । “मापदण्ड अनुसार कटान भएका काठको प्रयोग गरेर झनै राम्रो पर्यटकीय गन्तव्य बनाउन सकिन्छ,” उहाँले भन्नुभयो । 

पक्की संरचना बनाउने कार्य निरुत्साहित गर्नका लागि आफूहरूले प्राकृतिक रूपमा नै बनाइने पर्यटकीय क्षेत्रलाई प्राथमिकता दिनेसमेत उहाँको भनाइ थियो । “भौतिक तथा पक्की संरचनाको योजना लिएर आउनुभयो भने त्यो स्वीकार गरेर बजेट छुट्याउन सकिँदैन,” उहाँले स्पष्ट पार्नुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर