नेभिगेसन मेनु

त्रियुगा पुलको निर्माण तीव्र
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2024-02-29 12:29

Untitled-1

फागुन १७ गते । मदन भण्डारी राजमार्गसँग स्थानीय तोरीबारी सडकलाई जोड्ने गरी निर्माण सुरु गरिएको उदयपुरको त्रियुगा नगरपालिका–७ स्थित त्रियुगा पुलको निर्माण तीव्र गतिमा भएको छ । त्रियुगाकै सिवाही, बेलकाको गिदेरीखोला, धाप्लाङ सुनकोशीलगायत जिल्लाभित्रका अन्य कतिपय ठुला पक्की पुलको निर्माण वर्षौंदेखि अलपत्र परिरहेको अवस्थामा तोरीबारी कालीखोलाको यो त्रियुगा पुल भने निर्धारित समयसीमाभन्दा एक वर्षअगावै सम्पन्न गर्ने गरी निर्माण कम्पनीले काम अगाडि बढाएको पूर्वाधार विकास कार्यालय उदयपुरका साइट इन्जिनियर विवेकानन्द झाले बताउनुभयो ।

दुई स्पान र तीन वटा पिल्लरको करिब नौ मिटर चौडाइ तथा ८२ मिटर लम्बाइ रहेको मोटरेबल पक्की पुल निर्माण गर्न वीरेन्द्रनगर सुर्खेतको वाइएसएस निर्माण कम्पनीले २०८० साल असोज १ बाट काम थालेको हो । निर्माण सुरु गरेको करिब छ महिना पनि नबित्दै करिब ६५ प्रतिशत काम सम्पन्न गरेको र यही फागुनभित्रमा एउटा स्पान अर्थात् ४१ मिटर पुलको ढलान सम्पन्न गर्ने गरी काम भइरहेको इन्जिनियर झाले बताउनुभयो ।

कुल ११ करोड ३६ लाख ८५ हजार रुपियाँको लागतमा निर्माण सम्पन्न गर्ने गरी आफूहरूले २०८० साल वैशाख ११ गते सम्झौता गरेको र सो अनुरूप निर्माणको काम तीव्र रूपमा अगाडि बढाइएको थियो तर कार्यालयले भने सम्पन्न भएको काम अनुसार भुक्तानी नदिँदा आर्थिक अभाव उत्पन्न भई पुल निर्माणको काम अब भने प्रभावित हुन सक्ने अवस्थामा पुगेको निर्माण व्यवसायी महेशकुमार रेग्मीले बताउनुभयो ।

निर्माण सम्पन्न भएको आधारमा करिब सात करोड रुपियाँ भुक्तानी हुनुपर्ने र सो अनुसार बिलसमेत पेस गरिएकामा हालसम्म तीन करोड रुपियाँ मात्र भुक्तानी भएको रेग्मीको भनाइ छ । उहाँ भन्नुहुन्छ, “काम सम्पन्न भएको खर्च मात्रै करिब चार करोड रुपियाँ भुक्तानी हुन बाँकी छ । प्रदेश सरकारले रकम नपठाउँदा भुक्तानी दिन सकिएको छैन ।”

पुल निर्माणको कामसँगै त्रियुगा नदीको दुवै किनारामा पुलभन्दा माथिको भागमा दुई-दुई सय र तलको भागमा ५०-५० मिटर गरी करिब पाँच सय मिटर लामो तारजाली लगाएर नदी नियन्त्रणको कामसमेत सम्पन्न भइसकेको छ । रकम अभाव नहुने हो भने चालु आवको अन्त्यसम्ममा पुल निर्माणको सम्पूर्ण काम सम्पन्न गरी हस्तान्तरण गरिने निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर लक्ष्मण बस्नेतले बताउनुभयो ।

त्रियुगा नगरपालिकाका नगर प्रमुख वसन्तकुमार बस्नेतले द्रुत गतिमा कार्य गर्ने निर्माण व्यवसायीलाई रकम अभाव हुन नदिन आफूले पहल गर्ने बताउनुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर