नेभिगेसन मेनु

फुङ्लिङमा उपमेयर कप महिला फुटबल आजदेखि
सम्पादक:南亚网络电视
समय:2024-03-08 12:27

Football

फागुन २५ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा शुक्रवार आजदेखि दोस्रो उपमेयर कप महिला फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर अन्तरपालिकास्तरीय महिला फुटबल प्रतियोगिता आयोजना गरिएको हो ।  

सदरमुकाम फुङ्लिङस्थित भानुजन माध्यमिक विद्यालयको खेलमैदानमा दिउँसो १ बजेदेखि प्रतियोगिता सुरु हुने छ । आयोजक फुङ्लिङ नगरपालिकाले बिहीबार सार्वजनिक गरेको उपमेयर रनिङ कप महिला फुटबल प्रतियोगिताको खेल तालिकाअनुसार उद्घाटन अर्थात् पहिलो खेल आयोजक फुङ्लिङ नगरपालिका र सिदिङ्वा गाउँपालिकाबिच हुने छ । 

यस्तै दोस्रो खेल शनिवार बिहान मेरिङ्देन गाउँपालिका र फक्ताङ्लुङ गाउँपालिकाबिच हुने छ । शनिवार नै तेस्रो खेल पाथीभरा याङ्वरक र मिक्वाखोला गाउँपालिका तथा चौंथो खेल आठराई त्रिबेणी र सिरिजङ्घा गाउँपालिकाबिच हुने भएको छ । 

सेमिफाइनल चरणका खेलहरू भने आइतबार बिहान ११ बजे र दिउँसो २ बजे सञ्चालन हुने आयोजकले जानकारी दिएको छ । फागुन २८ गते सोमबार फाइनल खेलसँगै प्रतियोगिता सम्पन्न हुने छ । जिल्लाका नौ स्थानीय तहमध्ये मैवाखोलाबाहेक प्रतियोगितामा आठ स्थानीय तहको सहभागिता रहने भएको छ । 

यता प्रतियोगिताका विजेताले ट्रफीसहित एक लाख ११ हजार १०० रुपियाँ र उपविजेताले ५५ हजार ५०० रुपियाँ राशिको नगद पुरस्कार पाउने छन् । त्यस्तै सेमिफाइनल पुग्ने दुई टोलीले पनि समान नौ–नौ हजार रुपियाँ प्रोत्साहन रकम पाउने खेल संयोजक एवम् फुङ्लिङ नगरपालिका–८ का वडाध्यक्ष क्षितिज सुनुवारले जानकारी दिनुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर