नेभिगेसन मेनु

रुख नहटाइदिँदा राजमार्ग निर्माण प्रभावित
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2024-01-24 14:06

444

माघ १० गते । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र वन तथा वातावरण मन्त्रालयबिच समन्वय नहुँदा मदन भण्डारी राजमार्गको धरान–केराबारी–लेटाङ–मधुमल्ला बेलडाँगी सडकखण्ड, शान्तिनगर–पातापुर र बारफलाङ्फेदी–शान्तिनगर सडकखण्डका रुख अझै हटेका छैनन् । 

करिब ९६ किलोमिटरको यस आयोजनाको अधिकांश क्षेत्र जङ्गलभित्र पर्छ । धरान–केराबारी–लेटाङ–मधुमल्ला–बेलडाँगी सडकखण्डको ५३ किलोमिटरभित्र पाँच हजार ७८९ वटा रुख पर्छन् । शान्तिनगरदेखि पातापुर सडकखण्डको १३.८७ किलोमिटर क्षेत्रमा तीन हजार ६८९ वटा रुख पर्छन् ।

यस्तै बारफलाङ्फेदीदेखि शान्तिनगरसम्मको १३ किमी क्षेत्रमा दुई हजार ८८० वटा रुख रहेका छन् । मदन भण्डारी राजमार्ग आयोजना दमक कार्यालयका सूचना अधिकारी सुभाषकुमार दत्तका अनुसार आयोजनाले २०७९ चैत १० गते वन मन्त्रालयलाई रुख हटाइदिन पत्राचार गरेको थियो । वन मन्त्रालयले समयमा रुख नहटाइदिँदा काम रोकिएको आयोजनाका प्रमुख गोपालप्रसाद खकुरेलले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “एकातिर पर्याप्त बजेटको अभाव छ । अर्कोतर्फ रुख हटाउन वन मन्त्रालयले चासो देखएको छैन ।” 

उहाँका अनुसार चार अर्ब ६० लाख ६६ हजारमा ठेक्का लागेको सडकको हालसम्म एक अर्ब ५२ करोड १३ लाख ३६ हजार रुपियाँ मात्र भुक्तानी भएको छ । त्यस्तै सडकमा पर्ने पुल निर्माणका लागि छ अर्ब १२ करोड ६२ लाख ५४ हजार रुपियाँमा ठेक्का लगाइएको थियो । मदन भण्डारी राजमार्गको कोशी प्रदेश खण्डमा जम्मा ३७ वटा पुल रहेका छन् । जसमध्ये १६ वटा पुल निर्माण सम्पन्न भइसकेका छन् भने २१ वटा पुल निर्माणाधीन छन् । ठुला पुलको काम सकिएको छ भने साना पुल र कलभर्ट निर्माणाधीन छन् । आयोजना प्रमुख खकुरेलले भन्नुभयो, “हाल निर्माणाधीन काम सम्पन्न हुँदा चार अर्ब रुपियाँ भुक्तानी दिनुपर्ने देखिन्छ । आव २०८०/८१ मा आयोजनाका लागि ४९ करोड रुपियाँ मात्र विनियोजन भयो । जसमध्ये ३८ करोड रुपियाँ भुक्तानी मागका लागि बिलसमेत पठाइएको छ । उहाँले हाल भइरहेको काम र प्रगति विवरण हेर्दा आवको अन्त्यसम्ममा एक अर्ब ४५ करोड रुपियाँ निर्माण कम्पनीलाई दिनुपर्ने हुन्छ तर स्रोतको सुनिश्चितता छैन ।”

आयोजनाका सूचना अधिकारी सुभाषकुमार दत्तका अनुसार मदन भण्डारी राजमार्गको कोशी प्रदेश खण्डमा सुनसरीको सर्दु खोलादेखि झापाको पातापुरसम्म १२७.८ किमी लम्बाइ पर्छ । जसमध्ये कमल खोलादेखि सहादतस्थलसम्म ३२ किमी र चतरादेखि सर्दु खोलासम्म छ किमी ठेक्का लागेको छैन । ठेक्का लागेको ९५.८ किमीमध्ये १९.५ किमी सडक मात्र कालोपत्रे भइसकेको छ । सडक निर्माणका लागि सात वटा अलग अलग ठेक्का सम्झौता भएका छन् । सम्झौता अनुसार आयोजनाको कालोपत्रेको काम २०८० को पुस २९ सम्म सम्पन्न गर्नुपर्ने थियो । 

सडक क्षेत्रका रुख हटाउन कानुनी जटिलता हुनु र बजेटको सुनिश्चितता नहुँदा आयोजनाको ठेक्का अवधि थप गरिने आयोजना प्रमुख खकुरेलले बताउनुभयो । 

यता झापा, मोरङ, सुनसरी र इलामका डिभिजनल वन अधिकृत भने भौतिक पूर्वाधार मन्त्रालयको दोहोरो कामले गर्दा रुख हटाउन कानुनी समस्या भएको बताउँछन् । मोरङका निमित्त डिभिजनल वन अधिकृत रामलखन ठाकुरले भन्नुभयो, “सुरुमा सडकको केन्द्रबिन्दुबाट १०/१० मिटर दायाँबायाँका रुख हटाउन पत्राचार भएको थियो । सोही अनुसार वन कार्यालयले काम सुरु गर्‍यो । प्रतिवेदन बनाएर पठाउने तयारी भइरहेका बेला सडकको केन्द्रबिन्दुबाट दायाँबायाँ १५/१५ मिटरका रुख हटाउनुपर्ने भनेर सूचना आयो । पुनः जिल्ला वनहरूले सोही अनुसार गर्ने तयारी थालेका थिए । त्यसपछि फेरि वनमा धेरै ठुलो क्षति हुने भन्दै पूर्ववत् काम गर्न आयोजना तयार भयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर