नेभिगेसन मेनु

भारतलाई हराउँदै अस्ट्रेलियाले छैटौँपटक उचाल्यो विश्वकपको उपाधि
सम्पादक:南亚网络电视
समय:2023-11-20 00:17

australia-world-cup

काठमाडौं । फाइनलमा भारतलाई हराउँदै अस्ट्रेलियाले आईसीसी एकदिवसीय विश्वकपको उपाधि जितेको छ । ओपनर ट्राभिस हेडको शतकप्रेरित अस्ट्रेलियाले फाइनलमा घरेलु टिम भारतलाई ६ विकेटले हराएको हो ।

आइतबार अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा सम्पन्न खेलमा भारतले दिएको २४१ रनको लक्ष्य अस्ट्रेलियाले ४३ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो ।

अस्ट्रेलियाको जितमा ओपनर हेडले १३७ रन बनाए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा हेडको यो पाँचौँ शतक हो । ४७–३ को नाजकु अवस्थामा रहँदा हेडले मानुर्स लाबुसचेज्नसँग चौथो विकेटका लागि १९२ रनको साझेदारी गर्दै अस्ट्रेलियालाई जिततर्फ अग्रसर गराएका थिए ।

लाबुसचेज्नले अविजित ११० बलमा चार चौकासहित ५८ रन थपे । त्यसअघि अस्ट्रेलियाले ओपनर डेविड वार्नरलाई सात, स्टिम स्मिथलाई चार र मिचेल मार्सलाई १५ रनको व्यक्तिगत स्कोरमा गुमाएको थियो । ग्लेन म्याक्सवेल दुई रनमा अविजित रहे ।

भारतका जसप्रित बुमराहले दुई विकेट लिए । यस्तै, मोहम्मद सिराज र मोहम्मद सामीले एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको भारतले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २४० रनको योगफल खडा गरेको थियो ।

अस्ट्रेलियन बलरसामु निरीह देखिएका भारतका ब्याटर खुलेर खेल्न सकेका थिएनन् । भारतका केएल राहुलले १०७ बलमा एक चौकासहित ६६ रन बनाएका थिए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा राहुलको यो १७औँ अर्धशतक हो ।

८१–३ को कठिन अवस्थामा रहँदा राहुलले चौथो विकेटका लागि विराट कोहलीसँग ६७ रनको साझेदारी गर्दै भारतको इनिङ सम्हालेका थिए ।

कोहलीले भारतीय टिमको खातामा ५४ रन थपे । उनले ६३ बलमा चार चौका प्रहार गरे । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कोहलीको ७२औं अर्धशतक हो ।

ओपनर तथा कप्तान रोहित शर्माले ३१ बलमा चार चौका र तीन छक्कासहित ४७ रन बनाए । सुर्यकुमार यादवले १८ र कुलदीप यादवले १० रन थप्दा अन्य ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् ।

अस्ट्रेलियाका मिचेल स्टार्कले तीन विकेट लिए । १० ओभर बलिङ गरेका स्टार्कले ५५ रन खर्चिए । कप्तान प्याट कुमिन्स र जस हेजलवुडले दुई–दुई विकेट लिँदा ग्लेन म्याक्सवेल र एडम जाम्पाले समान एक विकेट लिए ।

फाइनल प्रवेशका क्रममा सेमिफाइनलमा भारतले न्युजिल्यान्डलाई ७० रनले र अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई तीन विकेटले हराएको थियो ।

विश्वकपको १३औँ संस्करण समाप्त हुँदा भारत दोस्रोपटक फाइनलमा पराजित भएको हो । यसअघि भारतले सन् २००३ मा पनि फाइनलमा अस्ट्रेलियासँगै हार बेहोरेको थियो । 

दुईपटकको च्याम्पियन भारतले यसअघि सन् १९८३ र २०११ मा विश्वकपको उपाधि जितेको थियो । 

यता, आठौँपटक एकदिवसीय विश्वकपको फाइनलमा प्रवेश गरेको अस्ट्रेलियाले छैटौं पटक उपाधि जितेको हो । प्रतियोगिताको सर्वाधिक सफल टिमसमेत रहेको अस्ट्रेलियाले सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा विश्वकपको उपाधि जितेको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर