नेभिगेसन मेनु

महान प्रदर्शन गरेका घाइते बाघ म्याक्सवेलले कुन-कुन रेकर्ड बनाए ?
सम्पादक:南亚网络电视
लेखक:काठमाण्डु पाटी
समय:2023-11-08 15:45

maxwell-1024x681-1

अष्ट्रेलियाका फिनिसर ग्लेन म्याक्सवेलले आइसिसी विश्वकप २०२३ मा अफगानिस्तानविरुद्ध दोहोरो शतक प्रहार गर्दै कीर्तिमानको वर्षा गराएका छन् । जितको लागि २ सय ९२ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले ४६.५ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो ।

अष्ट्रेलिया जितमा ग्लेन म्याक्सवेल १ सय २८ बलमा २१ चौका र १० छक्कासहित २ सय १ रनमा अल आउट भए । म्याक्सवेलले मुजिब उर रहमानलाई ४७ औं ओभरको दोस्रो र तेस्रो बला छक्का हानेका थिए । चौथो बलमा चौका र पाँचौं बलमा छक्का हान्दै दोहोरो शतक पूरा गरेका थिए ।

आफ्नो खुट्टामा उभिन नसक्ने अवस्थामा उनले यी शटहरू मारिरहेका थिए। बल खेल्दा उनी न त दौडने अवस्थामा थिए न त खुट्टामा कुनै हलचल नै हुन्थ्यो । क्रिजमा घाइते बाघ बनेर उभिएर म्याक्सवेलले इतिहास रचे । उनले दोहोरो शतक बनाए । जसमा उनले अन्तिम सय रन लगभग बिना दौड, पीडासँग संघर्ष गर्दै पूरा गरे।

म्याक्सवेलले यस इनिङ्समा अष्ट्रेलियालाई हारबाट मात्र जोगाएनन्, मात्र १२८ बलमा २०१ रनको अविजित इनिङ खेलेर इतिहासमा आफ्नो नाम पनि दर्ता गराए। यस इनिङ्समा म्याक्सवेलले पहिलो सय रनमा १० चौका र तीन छक्का प्रहार गरेका थिए । त्यसपछिको १०१ रनका लागि म्याक्सवेलले सात छक्का र ११ चौका प्रहार गरे।

म्याक्सवेलले कुन रेकर्ड बनाए ?

ग्लेन म्याक्सवेल एकदिवसीय क्रिकेटमा ओपनिङ नगरी दोहोरो शतक बनाउने पहिलो ब्याट्सम्यान बनेका छन् । अहिलेसम्म एकदिवसीय क्रिकेटमा सबै दोहोरो शतक ओपनरको नाममा थियो । यति मात्र होइन, एकदिवसीय क्रिकेटमा अस्ट्रेलियाका ब्याट्सम्यानले दोहोरो शतक बनाएको यो पहिलो पटक हो ।

उनले सबैभन्दा छिटो दोहोरो शतकको कीर्तिमान मात्र दुई बलमा गुमाए, इशान किशनले १२६ बलमा यो उपलब्धि हासिल गरेका छन् । म्याक्सवेलले १२८ बल खेले। तर, धेरै प्रतिकूल परिस्थितिमा खेल्दै म्याक्सवेलले दोहोरो शतक बनाए ।

यति मात्र होइन एकदिवसीय क्रिकेटमा रन पछ्याउँदै गरेको यो पहिलो दोहोरो शतक हो । तर, अफगानिस्तानविरुद्धको खेलमा ग्लेन म्याक्सवेल ब्याटिङ गर्न आउँदा अजमातुल्लाहले नवौं ओभरको पहिलो दुई बलमै दुई विकेट लिएका थिए ।

यस्तो अवस्थामा म्याक्सवेलमाथि ह्याट्रिक बचाउने दबाब थियो र उनी जोगिए । बल उनको ब्याटको बाहिरी किनारा लिएर विकेटको पछाडि गयो तर किपरको पन्जामा पुगेन।

४१औं ओभरको समयमा म्याक्सवेललाई स्ट्रेचर लिएर बाहिर जानुपर्छ भन्ने लाग्थ्यो । तर, म्याक्सवेल फेरि आफ्नो खुट्टामा उभिए र जाम्पाले प्याभिलियनमै पर्खनुपर्‍यो ।

२०१० ११ मा उनले अष्ट्रेलियाको घरेलु क्रिकेटमा १९ बलमा सबैभन्दा छिटो अर्धशतक बनाएर मानिसहरूलाई आकर्षित गरे र केहि समयभित्रै एकदिवसीय टोलीमा स्थान बनाउन सफल भएका थिए।

सन् २०१५ को विश्वकपमा घरेलु मैदानमा खेलेका उनले श्रीलंकाविरुद्ध मात्र ५१ बलमा शतक बनाए, जुन त्यतिबेला अस्ट्रेलियाका कुनै पनि ब्याट्सम्यानले बनाएको सबैभन्दा छिटो शतक थियो।

कुनै पनि बलमा शट खेल्न सक्ने

क्रिकेटको प्रारम्भिक वर्षहरूमा उनको एउटै पहिचान थियो, ‘यस ब्याट्सम्यानले जुनसुकै बलमा जुनसुकै शट खेल्न सक्छन्।’

तर, यी अपरंपरागत शट खेल्नु उनको सबैभन्दा ठूलो कमजोरी बनेको थियो र लापरवाहीपूर्वक शट खेल्दा उनी जुनसुकै बेला आउट हुन सक्छन् भन्ने विश्वास गरिएको थियो ।

धेरै खेलमा बेतुका शट खेलेकोमा उनको खिल्ली उडाइएको थियो । सन् २०१५ को विश्वकपपछि लगातार एकदिवसीय खेलमा उनको औसत दस भन्दा कमको कारण टोलीबाट बाहिरिएका थिए।

उनको क्रिकेट करियर समाप्त हुने कगारमा थियो तर अस्ट्रेलियाली क्रिकेटले आफ्नो प्रतिभालाई यसरी खेर जान दिँदैन। म्याक्सवेलले आफ्ना साथी खेलाडीहरूबाट पनि समर्थन पाए र मानसिक चिकित्सकहरूबाट पनि सत्रहरू लिए। यो सबै फाइदा भयो र उनी ६ महिनापछि क्रिकेट मैदानमा फर्किए ।

तर, भित्र र बाहिरको चक्र जारी रह्यो। उनको ब्याटिङ स्ट्राइक रेट १२७ भन्दा बढी भए पनि १३६ खेलमा उनको ब्याटिङ औसत ३६ पनि छैन।एकदिवसीय क्रिकेटमा उनले चार शतकको मद्दतले अहिलेसम्म चार हजार रन पुरा गरेका छैनन् ।

विश्वभर प्रशंसा

मंगलबार राति अस्ट्रेलिया र अफगानिस्तानबीचको खेल सकिएलगत्तै पूर्व भारतीय क्रिकेटर मोहम्मद कैफले सोसल मिडिया प्लेटफर्म ट्विटरमा ग्लेन म्याक्सवेलको प्रशंसा गरेका छन् ।

भिडियोमा उनले भनेका छन्- ‘भज्जी भाइ ताली बजाइरहेका छन् ।’ यसपछि पूर्व अफ स्पिनर हरभजन सिंह क्यामेरामा भन्छन्, ‘यस्तो कुरा पहिले कहिल्यै देखेको थिएन ।’

यसै क्रममा कमेन्टेटर जतिन सप्रुले म्याक्सवेलको इनिङ्सलाई १९८३ को विश्वकपमा कपिल देवको अविजित १७५ रनको इनिङसँग तुलना गर्दै भने, ‘कपिल पाजीको १७५ रनको लाइभ नदेखेको भए, कस्तो लाग्यो होला, थाहा भयो।’

पाकिस्तानको खेलकुद च्यानल ए स्पोर्ट्स कार्यक्रम द प्याभिलियनमा खेलको समीक्षा गर्दै , पूर्व क्रिकेटर वासिम अक्रमले क्र्याम्पको बाबजुद पनि यस्तो उत्कृष्ट प्रदर्शन अचम्मको भएको बताए।

अकरमले भने, ‘क्रिकेटर्सले तपाईंलाई बताउनेछन् कि क्र्याम्प कति खतरनाक हुन्छ। म्याक्सवेलले यसबाट पार गरे र आज उनी एकदिवसीयमा विश्वकै उत्कृष्ट खेलाडी भएको देखाएको छ । मैले २० वर्ष खेलेँ, त्यसपछि २० वर्ष क्रिकेटसँग जोडिएको छु, तर यस्तो इनिङ्स कहिल्यै देखेको छैन ।’

भारतका चर्चित पूर्वखेलाडी सचिन तेन्दुलकरले म्याक्सवेलको इनिङ्सलाई आफ्नो जीवनमा देखेको उत्कृष्ट इनिङ्स भनेका छन् । उनले एक्समा लेखेका छन्, ‘अन्तिम २५ ओभरमा ग्लेन म्याक्सवेलले जे गरे खेलको भाग्य बदलियो । अधिकतम दबावमा अधिकतम प्रदर्शन। यो मैले मेरो जीवनमा देखेको सर्वश्रेष्ठ एकदिवसीय इनिङ्स हो।’

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर