नेभिगेसन मेनु

विश्वकप छनोटको दोस्रो चरण पार गर्ने नेपालको लक्ष्य
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-11-09 16:10

sdfsbhfg

कात्तिक २३ गते । नेपालले विश्वकप २०२६ को छनोट (एसिया) मा दोस्रो चरण पार गर्दै एसियन कपसमेत खेल्ने लक्ष्यसहित तयारी गरिरहेको छ ।  

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको प्रशिक्षणमा २६ सदस्यीय खेलाडी हाल बन्द प्रशिक्षणमा छन् । करिब २० दिनदेखि टोलीले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रशिक्षण गरिरहेको छ । दोस्रो चरणको छनोटअन्तर्गत समूह ‘एच’ मा रहेको नेपालले पहिलो खेलमा नै बलियो टोली संयुक्त अरब इमिरेट्स (युएई) को सामना गर्दैछ । अनुभवी पोर्चुगिच प्रशिक्षक पाउलो बेन्टोको प्रशिक्षणमा रहेको युएई फिफा वरीयतामा ६९ औँ स्थानको टोली हो ।

१७६ औँ स्थानको नेपालका लागि युएई कठिन प्रतिद्वन्द्वी रहनेमा दुईमत छैन । यद्यपि, नेपाली टोलीका स्ट्राइकर अञ्जन विष्टले विश्वकप छनोट खेलका लागि सबैले धेरै मेहनत गरेको र यस पटक एसियन कपसमेत खेल्ने लक्ष्य रहेको बताउनुभयो ।  

विश्वकप छनोटको प्रारम्भिक चरणमा लाओसलाई हराएको नेपाल दोस्रो चरणको पहिलो खेल युएईविरुद्ध आगामी कात्तिक ३० गते प्रतिस्पर्धा गर्दै छ । यो समूहमा नेपाल र युएर्ईसहित यमन र बहराइन गरी चार राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । नेपालले दोस्रो चरणमा सबै आफूभन्दा बलिया राष्ट्रसँग खेल्नेछ । नेपाली टोलीका मुख्य प्रशिक्षक एनेस अहिलेसम्म चोटले कुनै समस्या नगर्नु र तयारीमा राम्रो भएकाले सुखद नतिजा आउनेमा आशावादी देखिएका छन् ।

साथै नेपाली टोलीले चरणबद्ध रूपमा घरेलु क्लबहरूसँग अभ्यास खेल पनि खेलिरहेको छ । पहिलो खेलका लागि नेपाली टोली आगामी कात्तिक २६ गते दुबई प्रस्थान गर्ने तयारी गर्र्दैछ । त्यो खेल नेपालको समयअनुसार राति साढे ९ बजे हुनेछ । नेपालका प्रशिक्षक एनेसले अधिकांश युवा टोली रहे पनि आफ्नो प्रशिक्षण टोलीले मेहनत गरिरहेको बताउनुभएको छ । टोलीमा अनुभवी खेलाडी धेरै नरहे पनि मेहनती र उत्साहले राम्रो नतिजा ल्याउने प्रशिक्षकको विश्वास छ ।

नेपाली टोलीका महत्त्वपूर्ण खेलाडीसमेत रहेका डिफेन्डर अनन्त तामाङले पनि बलियो टोलीविरुद्ध पनि सुखद नतिजा ल्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले अधिकांश लाओससँग खेलेका खेलाडी रहेको र केही नयाँ खेलाडी भित्रिए पनि उनीहरू टोलीमा सेट भइसकेको बताउनुभयो ।  

नेपालका कप्तान किरण चेम्जोङ, रोहित चन्द र मनीष डाँगी हाल विदेशी लिग खेलिरहेका छन् । किरण भारतमा, रोहित इन्डोनेसिया र मनीष थाइल्यान्डमा व्यावसायिक फुटबल खेलिरहेका छन्  । त्यसैले उनीहरूबिना टोलीले अहिले प्रशिक्षण गरिरहेको छ । उनीहरूबिना पनि टोलीले प्रशिक्षण गर्नुले टिम सेटमा खासै असर नपर्ने अनन्तको विश्वास छ ।

यस पटक नेपाली टोलीमा समेटिएका केही नयाँ खेलाडीमध्ये एक हुन्, पोर्चुगलमा व्यावसायिक फुटबल खेलिरहेका निसान ठकुरी । प्रशिक्षक एनेसले सिधै ट्रयालमार्फत उनलाई ३२ खेलाडीबाट २६ सदस्यीय टोलीमा समेटेका हुन् । वाग्लुङ घर भएका निसान पोर्चुगलको लिस्बनस्थित नेपजुम एफसीबाट व्यावसायिक फुटबल खेल्ने गर्छन् । उनी जुनसुकै पोजिसनमा पनि खेल्नसक्ने खेलाडी हुन् । खेलाडी विदेश पलायनको श्रृंखला चलिरहँदा उनीसहित केही युवा खेलाडीलाई एनेसले यस पटक टोलीमा ल्याउन सक्छन् ।

प्रशिक्षक एनेस युवा खेलाडीसहित सन्तुलित टोली बनाउँदै बलियो टोली युएई सँगको पहिलो खेलमा राम्रो प्रदर्शन गर्ने लक्ष्यमा छन् । यो खेल लगत्तै नेपाल दोस्रो खेलका लागि स्वदेश फर्किनेछ । नेपालले दोस्रो खेल आगामी मङ्सिर ५ गते यमनविरुद्ध घरेलु मैदानमा खेल्नेछ । त्यसका लागि नेपालले तयारी सुरु गरेको छ । नेपाली फुटबलको प्रशासकीय निकाय अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले गत मङ्गलवार नै दशरथ रङ्गशालामा पत्रकार सम्मेलन गर्दै सो खेलका लागि आवश्यक तयारी सुरु गरेको जनाएको थियो ।

सो खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ सात बजे हुने एन्फाले जनाएको छ । यसअघि घरेलु मैदानमा अन्तर्राष्ट्रिय खेलहरू प्रायः साँझ ५ः३० बजे हुने गरेका थिए । यस पटक भने एन्फाले नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको सल्लाहअनुसार साढे एक घण्टापछि खेल सारेको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर