नेभिगेसन मेनु

ट्वान्टी-२० विश्वकप छनोटका लागि नेपाली टिमको घोषणा
सम्पादक:南亚网络电视
समय:2023-10-28 12:41

屏幕截图 2023-10-28 102422

कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा ट्वान्टी-२० विश्वकप खेल्ने १५ सदस्यीय टिम शनिबार घोषणा गरिएको छ । छनोटमा नेपाल समूह ‘ए’ मा परेको छ र नेपालका प्रतिद्वन्द्वी मलेसिया, ओमान र सिंगापुर रहेका छन् ।

मुख्य प्रशिक्षक मोन्टी देसााइले घोषणा गरेको टिममा रोहितसँगै कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, करण केसी, अविनास बोहरा, प्रतिश जीसी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी र विनोद भण्डारी छन् ।

छनोटका खेल काठमाडौंमा सोमबारदेखि सुरु हुँदैछ । छनोटमा कुल आठ टिमको सहभागिता रहेको छ र तिनलाई दुई समूहमा विभाजन गरिएको छ । छनोटको शीर्ष दुई स्थानमा रहने टिमले अमेरिका र वेस्ट इन्डिजमा हुने ट्वान्टी-२० विश्वकप-२०२४ मा प्रवेश पाउने छन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर