नेभिगेसन मेनु

फाइनलमा नेपालको आक्रामक सुरुआत र सुस्त समाप्ति : युएईले पायो १६३ रनको लक्ष्य
सम्पादक:南亚网络电视
समय:2023-10-27 15:33

0

काठमाडौँ । त्रिकोणात्मक टी—२० क्रिकेट शृङ्खलाको फाइनलमा आयोजक राष्ट्र नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई जितका लागि एक सय ६३ रनको लक्ष्य दिएको छ । खेलको आक्रामक सुरुआत गरेका नेपाली ब्याट्सम्यानले पछिसम्म त्यसलाई निरन्तरता दिन सकेनन् ।

टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय ६२ रन बनाएको हो । अन्तिम ओभरमा समेत नेपालले गतिलो रन बटुल्न सकेनन् । नेपालले अन्तिम ओभरमा दुई रन मात्र बनायो । 

करण केसी २३ रन बनाउँदै अविजित रहे । उनले १७ बलको सामना गरी एक छक्का र दुई चौका हिर्काए । अविनाश बोहरा शून्य रनमा अविजित रहे । नेपालका लागि ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले ५० रनको योगदान गरे । 

नेपालले आफ्नो पहिलो विकेटका रूपमा ओपनर ब्याट्सम्यान आसिफ शेखलाई गुमाएको थियो । उनी १२ बलमा एक चौकाको मद्दतले सात रन बनाउँदै आउट भएका थिए । उनी आउट हुँदा नेपालले पाँच ओभरमा एक विकेट गुमाएर ४३ रन बनाएको थियो । उनलाई युएईका बलर आयान अफजल खानले बोल्ड गरेका थिए ।

नेपालको दोस्रो विकेटका रूपमा कुशल मल्ल पेभेलियन फर्किएका थिए । उनी दुई बलको सामना गरी एक रन बनाउँदै आउट भएका थिए । ६.४ ओभरमा उनी आउट हुँदा नेपालले दुई विकेट गुमाएर ६३ रन बनाएको थियो । उनलाई पनि युएईका बलर आयान अफजल खानले नै बोल्ड गरेका थिए ।

नेपालले तेस्रो विकेटका रूपमा ओपनर कुशल भुर्तेललाई गुमाएको थियो । उनले टोलीका लागि अर्धसतकीय योगदान गरे । उनी अर्धसतक पुरा गरेलगत्तै अर्को बलमा पेभेलियन फर्किएका हुन् । उनले २८ बलमा तीन छक्का र ६ चौकाको मद्दतले अर्धसतक पुरा गरेका थिए । 

कुशल भुर्तेललाई युएईका बलर जाहुर खानले बोल्ड गरेका हुन् । उनी आउट हुँदा नेपालले ७.३ ओभरमा तीन विकेट गुमाएर ६८ रन बनाएको थियो । त्यसअघि खेलको प्रारम्भमै चौका प्रहार गर्दा उनको ब्याट पनि भाँचिएको थियो । 

उनले युएईका बलर मुहम्मद जवादुल्लाहको बलमा चौका प्रहार गरेका थिए । सोही क्रममा उनको ब्याट भाँचिएको थियो । त्यसपछि उनले अर्को ब्याट लिएर खेल अगाडि बढाएका थिए । खेलका क्रममा उनी दुई पटक क्याच आउट हुनबाट जोगिएका थिए ।

यसैगरी नेपालले चौथो विकेटका रूपमा कप्तान रोहित पौडेललाई गुमाएको थियो । उनी १७ बलको सामना गरी एक चौकाको मद्दतले १८ रन बनाउँदै आउट भएका हुन् । उनलाई युएईका बलर अली नासिरले विकेटकिपर आर्यान्श शर्माद्वारा क्याच गराएका थिए । उनी आउट हुँदा नेपालले १२.१ ओभरमा चार विकेट गुमाएर एक सय आठ रन बनाएको थियो ।

नेपालले पाँचौँ विकेटका रूपमा दीपेन्द्रसिंह ऐरीलाई गुमाएको थियो । उनी १५ बलमा एक छक्का र एक चौकाको मद्दतले २० रन बनाउँदै आउट भएका थिए । उनलाई युएईका बलर अली नासिरले बोल्ड गरेका थिए । दीपेन्द्र आउट हुँदा नेपालले १२.४ ओभरमा पाँच विकेट गुमाएर एक सय नौ रन बनाएको थियो ।

यसैगरी नेपालले छैटौँ विकेटका रूपमा सन्दीप जोरालाई गुमाएको थियो । उनी १० बलमा एक चौकाको मद्दतले १० रन बनाउँदै आउट भएका थिए । उनलाई युएईका बलर जाहुर खानले मुहम्मद वसिमद्वारा क्याच गराएका थिए । उनी आउट हुँदा नेपालले १५.१ ओभरमा ६ विकेट गुमाएर एक सय २३ रन बनाएको थियो ।

नेपालले सातौँ विकेटका रूपमा गुल्सन झालाई गुमाएको थियो । उनी आठ बलमा पाँच रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनलाई युएईका बलर जुनैद सिद्धकीले मुहम्मद वसिमद्वारा क्याच गराएका थिए । उनी आउट हुँदा नेपालले १६.१ ओभरमा सात विकेट गुमाएर एक सय ३१ रन बनाएको थियो । 

यसैगरी नेपालले आठौँ विकेटका रूपमा सोमपाल कामीलाई गुमाएको थियो । उनी आठ बलमा दुई चौकाको मद्दतले १३ रन बनाउँदै आउट भएका थिए । उनलाई युएईका बलर आयान अफजल खानले बोल्ड गरेका हुन् । उनी आउट हुँदा नेपालले १७.४ ओभरमा आठ विकेट गुमाएर एक सय ४३ रन बनाएको थियो ।

निकट भविष्यमा नेपालमै आयोजना हुने टी—२० विश्वकप क्रिकेटको एसियाली क्षेत्रको छनोट प्रतियोगिताको तयारीका क्रममा यो त्रिकोणात्मक शृंखला खेलिएको हो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर