नेभिगेसन मेनु

नेपाललाई पराजित गर्दै यूएईले जित्यो उपाधि
सम्पादक:南亚网络电视
समय:2023-10-27 17:19

काठमाडौँ — यूएईले नेपाललाई ४ विकेटले पराजित गरी नेपाल ट्वान्टी २० आई अन्तर्राष्ट्रिय शृंखलाको उपाधि जितेको छ । शुक्रबार भएको फाइनलमा यूएईले १ सय ६३ रनको मध्यम लक्ष्य १ बल अगाडि पुरा गर्‍यो । 

ण

मोन्टी देशाईको प्रशिक्षणमा नेपाल पहिलो पटक घरेलु मैदानमा पराजित भएको हो । देशाईको प्रशिक्षणमा नेपाल यसअघि घरेलु मैदानमा खेलिएका १५ खेलमा अपराजित थियो ।

यूएईबाट ओपनर मोहम्मद वासिमले सर्वाधिक ४५ रन बनाए । नेपाली फिल्डरले दुई पटक क्याच छाडेपछि टिकिरहेका कप्तान वासिमले २२ बल खेली ७ चौका र २ छक्का प्रहार गरे । अर्का ओपनर आर्यान्श शर्माले २६ बल खेली २ चौकासहित २५ रन बनाए ।

आसिफ खान ७, अलिशान सराफु १३ रनमा आउट भए । वृत्या आनन्दलाई दीपेन्द्रसिंह ऐरीले सानदार रनआउट गरी नेपालको आशा जगाएका थिए । अली नासिरलाई अविनाश बोहराले ९ रनमा बोल्ड गरे । तर बासिल हमिद र आयान अफजल खानले अविजित रहँदै यूएईलाई विजय दिलाए । विजयी रन छक्काबाट प्रहार गरेका हमिदले १६ बलमा २२ र आयनले ३ बलमा ५ रन बनाए ।

नेपालबाट गुल्शन झा र अविनाशले २/२ विकेट लिए । गुल्शनले ३ ओभरमा १९ र अविनाशले ४ ओभरमा २७ रन खर्चे । कुशल मल्लको नाममा १ विकेट रह्यो ।

यसअघि यूएईले टस जितेपछि ब्याटिङमा आएको नेपालले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा निर्धारित २० ओभर खेलि ८ विकेट गुमाई १ सय ६२ रनमात्र बनाउन सकेको थियो ।

पहिलो सात बल भित्र दुवै ओपनर कुशल र आसिफ शेखले जीवनदान पाए पनि नेपालले त्यसको फाइदा उठाउन सकेन । पहिलो ओभरको अन्तिम बलमा आसिफको क्याच यूएईका विकेटकिपरले छाडेका थिए भने दोस्रो ओभरको पहिलो बलमा कुशलले गरेका प्रहार सर्ट फाइन लेगमा छुट्न पुगेको थियो ।

नेपालले ६ ओभरको पावर प्लेमा १ विकेटमात्र गुमाएर ५९ रन जोड्दै उत्कृष्ट सुरुआत गरेको थियो । आसिफ १२ बलमा ७ रन बनाई आउट भए । सातौं ओभरमा कुशल २ बल खेली १ रनमै आउट भए । दुवैलाई आयान अफजल खानले बोल्ड गरे ।

आयान र आर्यन्श शर्मा यूएईको यु-१९ टोलीमा रहेकाले नेपाल ट्वान्टी २० आई अन्तर्राष्ट्रिय शृंखलामा पहिलो खेल खेलिरहेका हुन् । आयनको कप्तानीमा रहेको यूएई टोली एसीसी यू १९ प्रिमियर कपको फाइनलमा नेपालसँग पराजित भएको थियो । देव्रेहाते स्पिनर आयान १८ विकेट लिदैं यु-१९ प्रिमियर कपमा उत्कृष्ट बलर बनेका थिए ।

कुशलले २८ बलमा अर्धशतक बनाए । त्यसको अर्को बलमा उनी आउट भए । उनले ६ चौका र ३ छक्का प्रहार गरे । कप्तान रोहित पौडेलले १७ बलमा १८ र दीपेन्द्रसिंह ऐरीले १५ बलमा २० रन बनाई आउट भए । गुल्शन झाले ५ रनमात्र जोड्न सके । करण केसीले १७ बलमा २ चौका र १ छक्कासहित अविजित २३ रन बनाए ।

दुई सुन्दर प्रहार गरेका सोमपाल कामीले ८ बलमा १३ रन बनाए । सोमपाललाई पनि आयानले बोल्ड गरे । आयानले ४ ओभरमा १९ रनमात्र खर्चे । जाहुर खान र अलि नासिरले २–२ विकेट लिए । जाहुरले ४ ओभरमा ३६ र नासिरले ४ ओभरमा ३६ रन खर्चेर २ विकेट लिए ।

नेपालले डबल रान्ड रोबिनको खेलमा सबै चार खेल जितेर फाइनल यात्रा पक्का गरेको थियो, सोक्रममा यूएईलाई २ विकेटले पराजित गरेको थियो । यूएईले एक खेलमा मात्र विजय हात पारे पनि नेपालसँग फाइनल खेल्न योग्य बनेको थियो । यूएईलाई बुधबार अन्तिम खेलमा हङकङले ६३ रनले पराजित गरेको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर