नेभिगेसन मेनु

समुदायमा पुग्दै स्थानीय सरकार
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-11-11 14:02

Untitled-1 (5)

कात्तिक २५ गते । सिंहदरबार घर घरमा पुगेको अनुभूति दिलाउन स्थानीय सरकारले शिक्षा, स्वास्थ्य जस्ता आधारभूत क्षेत्रमा निकै सकारात्मक काम गरिरहेका छन् । स्याङ्जाको कालीगण्डकी गाउँपालिका र चापाकोट नगरपालिकाले अति विपन्न, असहाय तथा पछाडि परेका समुदायका परिवारका लागि आवास निर्माण गरेर हस्तान्तरण गरिरहेका छन् । 

कालीगण्डकी गाउँपालिकाले पाँच परिवारलाई घर बनाएर हस्तान्तरण गरेको छ भने चापाकोट नगरपालिकाले पनि यस्तै गरेको छ । कोही नभएका र आफ्नो सामान्य घरसमेत आफैँ बनाउन नसक्नेका लागि पालिकाले न्यूनतम शुल्कमै सुविधासम्पन्न घर निर्माण गरिदिने गरेका छन् । 

कालीगण्डकी गाउँपालिका–४ का लिलबहादुर दमाई भन्नुहुन्छ, “सहयोग गर्ने कोही छैन भन्ने लागेको थियो । वर्षौंदेखि पानी चुहिने झुप्रोमा बस्दै आएको थिएँ । अब भने जीवन जिउन सहज हुने भयो ।” वडा नं. ५ की एकल महिला पार्वती पाण्डेयले नयाँ घर पाएपछि स्थानीय तहबाट सहयोग पाउन सकेको बताउनुभयो । 

अपाङ्गता भएकै कारण लामो समयदेखि समस्या झेल्दै आएका कालीगण्डकीकै गिरिराज भट्टराई अपाङ्गतामैत्री घरमा बस्न पाएपछि निकै हर्षित हुनुहुन्छ । नसक्ने र दुःखीका लागि राज्यले हेर्ने दिन पनि आएको भट्टराईले थप्नुभयो । 

कालीगण्डकी गाउँपालिकाले यो वर्ष कम्तीमा चार वटा घर यस्ता विपन्न तथा असहायका लागि बनाउने योजना बनाएको पालिकाका अध्यक्ष खिमबहादुर थापाले बताउनुभयो । 

चापाकोट नगरपालिकाले पालिकाभित्र रहेका १० वटै वडामा पहिचान गरिएका अति विपन्न, असहाय तथा पछाडि परेको समुदायका परिवारका लागि निःशुल्क घर निर्माण गर्ने योजना अनुसार काम गरेको हो । नगर प्रमुख देवबहादुर खाँण (ईश्वर) ले ‘सुरक्षित नागरिक आवास’ कार्यक्रम अन्तर्गत अति विपन्न परिवारका लागि घर निर्माण गर्न लागिएको बताउनुभयो । 

पालिकाले पहिलो चरणमा वडा नं. ७ की सीता दर्जी, वडा नं. ४ का रोमन विक र केशबहादुर दमै, वडा नं. १० की माया भट्टराई र दिवस विकको घर निर्माणको काम सुरु भएको प्रमुख प्रशासकीय अधिकृत ध्रुवप्रसाद खनालले बताउनुभयो । 

कालीगण्डकी गाउँपालिकाले गएको आर्थिक वर्षबाटै विपन्न परिवारका लागि आवास निर्माणको काम गरिरहेको छ । जिल्लाका अन्य पालिकाले पनि अति विपन्न, असहाय र पछाडि परेको समुदायका लागि सहयोग हुने गरी काम सुरु गरेको जनाएका छन् । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर