नेभिगेसन मेनु

चितुवाको आक्रमणबाट एक बालिका घाइते
सम्पादक:南亚网络电视
लेखक:गोरखापत्र
समय:2023-10-15 13:01

sdfb

असोज २८ गते । चितुवाको आक्रमणबाट तनहुँमा एक बालिका घाइते हुनु भएको छ ।  आँबुखैरेनी गाउँपालिका – १ बरादी निवासी प्रेमराज गौलीको छोरी बर्ष ६ की प्रनिशा गौली घाइते भएको प्रहरीले जनाएको छ ।

शनिवार साँझ ६ः४५ बजे आफ्नै घरको आँगनमा खेलिरहेको चितुवाले आक्रमण गरी घाइते बनाएको जिल्ल प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिनुभयो । घर देखि १० मिटर लगेको अवस्थामा निजकै वुवाले थाहा पाई तत्काल उद्धार गरेको प्रनाउ खाँडले जानकारी दिनुभयो ।

घाइते बालकको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र सत्र सय तनहुँमा प्राथमिक उपचार पश्चात् थप उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर चितवन पठाइएको र उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रनाउ खाँडले जानकारी दिनुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर