नेभिगेसन मेनु

बिरामीलाई स्ट्रेचरमा अस्पताल
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-10-20 12:50

Untitled-1 (9)

तनहुँ, कात्तिक ३ गते । तनहुँको व्यास नगरपालिका–६, तल्लो साँजा, माथिल्लो साँजा, सादीभन्ज्याङ, चनौटे बासिन्माका बिरामीलाई अझै झोलुङ्गोमा बोकेर अस्पताल पु¥याउनुपर्ने बाध्यता छ ।  

ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा दक्ष स्वास्थ्यकर्मी मात्र होइन औषधी नहुँदा र ग्रामीण सडकको स्तरोन्नति हुन नसक्दा बिरामीले सास्ती खेप्नु परेको छ । गर्भवती तथा अन्य बिरामीलाई स्ट्रेचरमा राखेर व्यास नगरपालिका–८ को सत्र सयस्थित व्यास मार्गमा पु¥याउनुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन् । पालिकालाई पटक पटक सडकका लागि बजेट विनियोजन गर्न माग गरे पनि नछुट्याइएकाले सडकमा मोटर गुड्न सकेका छैनन् । 

साँजा निवासी नेत्रबहादुर थापामगरले तन्नालाई बाँसमा बाँधेर बनाइएको झोलुङ्गोमा राखेर बिरामीलाई अस्पताल लैजानु परेको बताउनुभयो । मगरले भन्नुभयो, “हामीले सधैँ दुःख पाएका छौँ, हाम्रो पीडा कसैले देखेको छैन ।” सोही ठाउँका इन्द्रबहादुर गुरुङले बिरामीलाई अस्पताल लैजान र ल्याउन छ घण्टा हिँड्नुपर्ने बाध्यता रहेको बताउनुभयो । अधिकांश युवा रोजगारीको सिलसिलामा विदेशमा रहेकाले गाउँमा बिरामी भएकालाई बोक्नसमेत कठिन हुने गरेको थापाले बताउनुभयो । 

साँजास्थित रत्नज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक देउराज गुरुङले गाउँमा बस्ती पातलिएपछि सडकको सुधारमा ध्यान नपुग्दा बिरामीलाई बोक्नुपर्ने बाध्यता रहेको जानकारी दिनुभयो । अझै मोटर गुड्ने सडकको पहुँचबाट टाढै भएकाले बसाइँसराइ गरेर गाउँ रित्तिन थालेको गुरुङ बताउनुहुन्छ । पहिला तीन सय घर रहेकामा हाल ६५ घर मात्रै बाँकी रहेको उहाँले बताउनुभयो । 

सादीभन्ज्याङ निवासी फजर अलि मिया गाउँको बाटोमा ट्याक्टर मात्रै चल्ने हुँदा बिरामी मानिसले नै बोक्नुपर्ने बाध्यता भएको बताउनुहुन्छ । सत्र सयमा पुगेपछि पक्की सडक भएकाले एम्बुलेन्स तथा अन्य सवारीमा हालेर अस्पताल लैजाने गरिएको उहाँले जानकारी दिनुभयो । सामुदायिक वनको रकमले सडक खोलिएको तर नाला नहुँदा बर्खामा पानीले भत्काउने हुँदा स्थानीयको जनजीवन अत्यन्त कष्टकर बनेको मिया बताउनुहुन्छ । 

आइतबार मुटुरोगको बिरामी हुनुभएका तल्लो साँजा निवासी ७१ वर्षीय दिलबहादुर थापालाई तीन घण्टा बोकेर सत्र सयमा पु¥याएपछि एम्बुलेन्स पठाएको र फर्किन पनि तीन घण्टा लागेको स्थानीय प्रवीण थापामगरले बताउनुभयो । 

आइतबार प्यारालाइसिसको बिरामीलाई पनि यसरी नै बोकेर लगेको उहाँले जानकारी दिनुभयो । व्यास नगरपालिकाका प्रवक्ता तथा वडाध्यक्ष जीवन गुरुङ कुमारले मर्मतसम्भार गरी तत्कालका लागि सवारी गुड्ने व्यवस्था गर्न पाँच लाखको बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । गाउँमा बस्ती पातलो भएकाले बस सञ्चालन गर्न कठिन भएको गुरुङले बताउनुभयो । बस भरिने गरी यात्रु नहुने भएकाले गर्दा सञ्चालन गर्न कठिन भएको वडाध्यक्ष गुरुङको भनाइ छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर