नेभिगेसन मेनु

तातोपानी कुण्डमा स्नान गर्नेको भिड (फोटो फिचर)
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-10-30 16:50

IMG_1691

कात्तिक १३ गते । म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गा तातोपानीमा स्नान गर्नेको भीड बढेको छ । जाडो मौसम सुरु भएसँगै तातोपानी कुण्डमा स्नान गर्नेको भीड बढेको हो । तातोपानी कुण्ड व्यवस्थापन समितिका सचिव कुमार केसीले दसैँ लगत्तै तातोपानीमा नुहाउन आउनेको सङ्ख्यामा वृद्धि भएको बताउनुभयो  ।

हरेक वर्ष यहाँ हजारौँ बिरामी आउने गर्दछन् । तातोपानीमा नुहाउँदा बाथ, युरिकएसिड, ग्यास्ट्रिक गानोगोला लगायतका रोगहरू निको हुने हुँदा बिरामीहरू आउने गरेको सचिव केसीले बताउनुभयो । अघिल्लो वर्षहरूमा दसैँ लगत्तै बिरामी आउने गरेकामा यस वर्ष एकै पटक धेरै बिरामी आउँदा व्यवस्थापनमा केही कठिनाइ भएको उहाँको भनाइ छ ।

अहिले कुण्डमा नुहाउने महिला र पुरुष गरी साढे आठ सय बढी बिरामीले स्नान गरिरहेको केसीले बताउनुभयो । बिरामी धेरै हुँदा उनीहरूलाई तीन चरणको समय तालिका बनाएर नुहाउने व्यवस्था मिलाएको उहाँले जानकारी दिनुभयो ।

‘‘पहिले बर्खाको सिजनमा नुहाउने बिरामी हुँदैनथे, तर यस वर्ष बर्खामा पनि धेरै बिरामी आएर नुहाउनुभयो, अहिले जाडो मौसम सुरु भएसँगै यहाँ आउनेको भीड बढेको हो, दसैँ लगत्तै धेरै आएपछि आइतबारदेखि तीन सिफ्टमा नुहाउने व्यवस्था गरेका छौँ,’’ उहाँले भन्नुभयो ,‘‘प्राकृतिक उपचार केन्द्र भएको हुँदा धेरैले विश्वास गरेर आउनु भएको छ ।”

कुण्डमा भीड बढेसँगै तातोपानी बजारका होटल व्यवसायीहरू उत्साहित बनेका छन् । होटल व्यवसायी मन शेरचन तुलाचनले अघिल्लो वर्ष यो बेला कम बिरामी आउँदा व्यवसाय त्यत्ति राम्रो नभएको भन्दै यस वर्ष दसैँको भोलीपल्टदेखिन् बिरामीको चाप बढ्दा व्यापार राम्रो भएको बताउनुभयो । यस वर्ष धेरै बिरामी एकै पटक आएको उहाँ बताउनुहुन्छ ।

“यहाँ व्यवसाय गर्न थालेको धेरै वर्ष भयो, तर दसैँको भोली पल्टदेखि यसरी बिरामीको भीड लागेको यो पहिलो पटक हो, यसपालिको दसैँको भोलीबाट एक्कासि धेरै मान्छेहरू कुण्डमा नुहाउन आए, बाहिरबाट मान्छे आए भने व्यवसाय पनि स्वाभाविक रूपमा राम्रो हुने नै भयो,” उहाँले भन्नुभयो ।


 
#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर