नेभिगेसन मेनु

चौधरी ग्रुपका मजदुर आन्दोलित
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-10-19 12:24

snbsf

नवलपुर, कात्तिक २ गते । नवलपुरको देवचुलीमा रहेको चौधरी ग्रुपका मजदुरहरू आन्दोलित भएका छन् । चौधरी ग्रुपको सिजी ब्रुअरीमा काम गर्ने मजदुरहरूले वार्षिक रूपमा खाए पाई आएको बोनस रकम नदिएको भन्दै आन्दोलित भएका हुन् । 

गत वर्ष न्यूनतम तलब खाने कर्मचारीले पनि दसैँमा रु. ५०-६० हजार बोनस पाए पनि यो पटकदेखि एक रुपैयाँ पनि बोनस नदिएकोले आन्दोलन गर्नु परेको मजदूरहरुले बताएका छन् । सिजी ब्रुअरीले गत वर्ष २८ लाखको बियर बेचेकोले त्यसबाट भएको फाइदाबाट बोनस रकम पाउनु पर्ने मजदुरहरूको भनाइ छ । 

तर उद्योगले भने उल्टै प्रशासनको सहयोगमा मजदुर माथि प्रहरी दमन गरेको मजदुर नेता शशी सिग्देलले बताउनुभयो । प्रहरीको लाठी प्रहारबाट १२ जना मजदुर घाइते भएको उहाँको भनाई छ । प्रशासनसँग पटक पटक छलफल गर्दा पनि प्रशासनले मजदुरको मागप्रति चासो दिनुको साटो उल्टै प्रहरी दमन गरेको सिग्देलले बताउनुभयो । 

काठमाडौँबाट आएका उद्योगका प्रतिनिधि तिलकराज शर्माले मजदुरका पक्षमा बोल्नुको साटो उल्टै आन्दोलन नगर्न र गरे कामबाट निकाल्ने धम्की दिएपछि मजदुरहरू थप आक्रोशित भएका छन् । उनीहरूले छलफल गरेर आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेका छन् । श्रम ऐनअनुसारको सेवा सुविधा नपाएसम्म आफूहरू आन्दोलनबाट पछि नहट्ने सिग्देलले बताउनुभयो । 

उहाँका अनुसार ७ लाख रुपियाँभन्दा बढी व्यापार हुँदा उद्योग नाफामा जान्छ । तर उद्योग प्रशासनले भने उद्योग घाटामा गएकाले बोनस दिन नसकेको बताएको छ । उद्योगले मजदुरहरूलाई हस्तलिखित कागजमा लेखेर गत वर्ष १० करोड ६० लाख रुपियाँ घाटा भएको जानकारी गराएको छ । तर मदजूरहरुले भने विना अडिटको हस्त लिखित कागजलाई आधिकारिक मान्न नसकिने र गलत नियतले उद्योगले यसो गरेको बताएका छन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर