नेभिगेसन मेनु

वडा कार्यालय निर्माण अलपत्र
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-11-02 12:43

kusma

पर्वतको कुस्मा नगरपालिकाले वडा कार्यालयको भवन निर्माण गर्न भनी भिरको जग्गा खरिद गरेको पाइएको छ । भवन निर्माणका लागि भनी खरिद गरिएको एक रोपनी छ आना क्षेत्रफलको भिरालो जग्गा उपयुक्त नभएपछि बजेट हुँदाहुँदै भवन निर्माणको काम नै अलपत्र परेको छ ।

वडा भवन निर्माणका लागि नगरपालिकाले तीन वर्षपहिले १५ लाखमा खरिद गरेको जग्गा सबै भिरमा परेको छ । वडा कार्यालयले २०७९ वैशाखमा स्थानीय नीलराज पुरीको नाममा रहेको कित्ता नं. २०२६ को ८ आना, कि. नं. २०२५ को ८ आना, कि.नं. २०२७ को १.२ दाम, कि.नं. २०२९ को ५.२.२ दाम, कि.नं. ११३६ को २.२ दाम क्षेत्रफलको जग्गा खरिद गरेको थियो ।

सहरी विकास आयोजना बागलुङका इन्जिनियर योगेन्द्र बस्ताकोटीले भवन निर्माण गर्ने भनिएको जग्गा पूरै भिर रहेको र थोरै मात्र जग्गा रहेको हुँदा भवन निर्माण गर्न उपयुक्त नभएको बताउनुभयो । 

आयोजनाका इन्जिनियर बस्ताकोटी भन्नुहुन्छ, “भवन निर्माण गरिने स्थल भिरमा छ । वडा भवन निर्माण गरिने भनेको एकीकृत पूर्वाधार निर्माण अन्तर्गत तोकिएको मापदण्ड अनुसार बनाउनु पर्छ । तोकिए अनुसार वडाको भौतिक संरचना निर्माणका लागि भिरालो जग्गा उपयुक्त छैन ।” 

सघन सहरी विकास कार्यालय बागलुङका अनुसार कुस्मा नगरपालिकाका लागि तीन वटा शीर्षकमा सघन सहरी आयोजना अन्तर्गत ११ करोड, बस्ती विकास आयोजनामा १६ करोड नौ लाख र आवास व्यवस्था अन्तर्गत दुई करोड गरी जम्मा २९ करोड बढी रकम विनियोजन भएको छ ।

कुस्मा नगरपालिका–७ को भवन निर्माणका लागि एक करोड २५ लाख विनियोजन भएको वडाध्यक्ष परशुराम पुरीले बताउनुभयो । वडाध्यक्ष पुरीले भिरको जग्गा परेपछि भवन बनाउन नपाइएकोमा दुःख व्यक्त गर्दै भन्नुभयो, “सहरी विकास आयोजनाले जग्गा कम भयो भनेपछि यसअघिका वडाध्यक्ष सुवास पौडेल र प्लटिङ जग्गावाला केशवराज पुरीलाई जग्गा थप गर्ने या अन्यत्र व्यवस्था गर्नका लागि पहल गरिदिन आग्रह गरिएको छ । अहिले भइरहेको जग्गा आसपास साँघुरो स्थान भएकाले थप जग्गा खरिद गर्न पनि सजिलो छैन ।” स्थानीयवासीले स्थानीय केशवराज पुरीको प्लटिङ घडेरी जग्गाको मूल्य वृद्धि गर्नका लागि निवर्तमान वडाध्यक्ष सुुवास पौडेलको मिलेमतोमा भिरको जग्गामा वडा भवन निर्माणका लागि खरिद गरिएको आरोप लगाएका छन् । 

वडा भवन निर्माण हुने भनेपछि वरिपरिको जग्गालाई बढी मूल्यमा बिक्री गरी मुनाफा कमाउन स्थानीय केशवराज पुरी सफल भएको स्थानीयवासीको भनाइ छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर