नेभिगेसन मेनु

मासु उत्पादनमा आत्मनिर्भर बनाउन अनुदान
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-10-22 10:54

KHASI

कावासोती, कात्तिक ४ गते । हुप्सेकोट गाउँपालिकाले पालिकालाई मासु उत्पादनमा आत्मनिर्भर बनाउने नीति लिएको छ । किसानलाई प्रोत्साहन गरी उत्पादनका आधारमा मासुमा प्रतिकिलो १० रुपियाँ अनुदान दिने भएको छ ।

चालु आर्थिक वर्ष २०८०–८१ का लागि मासुमा अनुदान कार्यक्रम अन्तर्गत चार लाख बजेट विनियोजन गरिएको हुप्सेकोट गाउँपालिकाका लेखा अधिकृत राजेन्द्र रेग्मीले बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेका अनुसार स्थानीय उत्पादनमा आत्मनिर्भर बनाउन अनुदानको व्यवस्था गरिएको हो ।  उहाँले भन्नुभयो, “किसानले पालेको खसीबोका सहकारीमार्फत बिक्री गर्दा गत आर्थिक वर्षदेखि प्रतिकिलो पाँच रुपियाँका दरले अनुदान दिन सुरु गरिएको थियो । यो वर्षदेखि प्रतिकिलो १० पुगाएका छौँ ।”

“गाउँपालिका क्षेत्रभित्रको पहाडी गाउँमा खसीबोकाको पालन धेरै हुनेगरेको छ” पाण्डेले भन्नुभयो, “अनुदानका लागि सङ्घ संस्था, समूह तथा सहकारीमार्फत कारोबार गर्नेलाई मात्र अनुदान प्रदान गरिएको छ ।”

आर्थिक वर्ष २०७८–७९ देखि किसानलाई अनुदान दिन थालिएको बताउँदै सहकारीमार्फत बिक्री गरिएका खसीबोकामा प्रतिकिलो १० का दरले रकम उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिनुभयो । उहाँकाअनुसार गत आवमा प्रतिकिलो पाँच रुपियाँ अनुदान दिइएको थियो । 

मासुमा अनुदान कार्यक्रम अन्तर्गत गत आर्थिक वर्ष २०७९–८० मा ३५ हजार छ सय २४ किलो मासुमा पाँच रुपियाँको दरले अनुदान रकम वितरण गरिएको हुप्सेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टङ्कनाथ घिमिरेले बताउनुभयो ।

“हुप्सेकोट सामाजिक महिला बहुउद्देश्य सहकारीमार्फत १६ हजार तीन किलो र लेकबेसी सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत १९ हजार छसय २१ किलो मासुमा कुल एक लाख ७८ हजार एकसय २२ रुपियाँ नगद अनुदान प्रदान गरिएको छ” उहाँको भनाइ छ ।

गाउँपालिकाले खसीबोकामा अनुदानको व्यवस्था ल्याएसँगै स्थानीय बासिन्दा खुसी भएका छन् । गाउँपालिका क्षेत्रमा दूध, तरकारी र मासुमा आत्मनिर्भर बनाउन अनुदानका माध्यमबाट युवालाई व्यावसायिक बनाउन थालिएको छ । युवालाई व्यावसायिक बनाउन सकेको अवस्था गाउँपालिका दुध, तरकारी र मासुमा आत्मनिर्भर हुने गाउँपालिकाका अध्यक्ष पाण्डेले बताउनुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर