नेभिगेसन मेनु

तिलिचोमा जोडियो वाइफाई
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-10-16 16:23

tilicho-taal-1

मनाङ, असोज २९ गते । मनाङमा पर्यटक आगमन बढ्दै गएको छ । विश्वकै उच्च स्थानमा रहेको तिलिचो ताल क्षेत्रमा ‘इन्टरनेट’को पहुँच पुगेपछि अझै पर्यटक आगमन बढ्नेमा मनाङी ढुक्क छन् । तिलिचो तालको अवलोकनमा आउने पर्यटकको सुविधालाई ध्यान दिँदै सो क्षेत्रमा इन्टरनेट जडान गरिएको हो ।

यसअघि सौर्य ऊर्जामार्फत मनाङकै विकट पालिका नार्पाभूमिमा वाइफाई जडान गरिएको थियो । पर्यटक आगमनका क्रममा उच्च स्थानमा लेक लागेर बिरामी पर्न सक्ने भएकाले सहज बनाउन इन्टरनेट जडान गरिएको मनाङ ङिस्याङ गाउँपालिका–९ का वडाध्यक्ष चोल्पा गुरुङले बताउनुभयो । 

उहाँले भन्नुभयो– ‘‘तिलिचो ताल भ्रमणमा जाँदा आउँदा लेक लाग्न सक्ने सम्भाव्यतालाई सहज बनाउन वाइफाई जोडिएको हो ।’’

वाइफाइ जडान गरिएपछि पर्यटक बिरामी पर्ने हराउने समस्या न्यूनीकरण हुने अपेक्षा गरिएको छ । इन्टरनेटको पहुँच पुगेपछि पर्यटकले यस क्षेत्रबाटै आफ्ना परिवार, साथीभाइलाई सम्पर्क गर्न सक्नेछन् ।

पर्यटकलाई सहज बनाउन पर्यटन व्यवसायी र होटल व्यवसायीको समन्वयमा इन्टरनेट सेवा सञ्चालन गरिएको होटल व्यवसायी कर्म ढेण्डु गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो– ‘‘पर्यटकको आवश्यकता र चाहना पूरा गर्ने लक्ष्यअनुसार तिलिचो ताल क्षेत्रमा इन्टरनेट राखिएको छ, उच्च स्थानमा सकस हुन सक्ने भए पनि वाइफाईका माध्यमबाट पर्यटक सहजरुपमा सम्पर्कमा आउन सक्नेछन् ।’’

विदेशी पर्यटक हिमाल र पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सौन्दर्य हेर्न र मनाङबाट थोराङ भञ्ज्याङ उक्लेर मुस्ताङ हुँदै पोखरा जान अन्नपूर्ण पदमार्गमा आउँछन् । मनाङका विभिन्न हिमाल एवं चुली चढ्न तथा हेर्न पर्यटक भित्रिन्छन् । तिलिचो तालमा पुगेर टिकटकलगायतका सामाजिक सञ्जालमा फोटो तथा भिडियो राख्ने वातावरण तयार भएको पर्यटन व्यवसायीले बताएका छन् ।

दशैं र तिहारको बीचमा अझै पर्यटक बढ्दै जाने तथा पर्यटकीय समयमा दैनिक दुई सयभन्दा बढी विदेशी पर्यटकको आगमन भइरहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना 

(एक्याप) इलाका कार्यालय मनाङ धारापानीका पर्यटक जाँच तथा सूचना केन्द्रका प्रमुख भूपेन्द्र गुरुङले बताउनभुयो । 

पर्यटकलाई लेक लागेमा स्वास्थ्य उपचारका लागि मनाङ ङिस्याङ गाउँपालिका र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङको समन्वयमा अस्थायी स्वास्थ्य चौकीबाट सेवा प्रवाह गरिरहेको छ । एक्यापले तिलिचो ताल र थोराङ्ला भञ्ज्याङ जाने पर्यटकलाई स्वास्थ्य तथा सूचना र यात्राका क्रममा हुन सक्ने जोखिमका बारेमा जानकारी गराएर पठाउने गरेको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर