नेभिगेसन मेनु

तरकारी खेती सुरु
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-11-10 14:03

Untitled-1

कात्तिक २४ गते । पर्वतको पैयुँ गाउँपालिकास्थित डुडे खरीबोट फाँटमा वडाध्यक्षको अगुवाइमा व्यावसायिक तरकारी खेती गर्न थालिएको छ । गाउँको खेतीयोग्य जमिन बाँझो भएपछि वडाध्यक्षकै अगुवाइमा २० रोपनी क्षेत्रफलमा व्यावसायिक तरकारी खेती सुरु गरिएको हो । गाउँघरमा युवा रोजगारीका लागि अन्यत्र जाने र गाउँका मानिससमेत बसाइ सरेर अन्यत्र जाँदा मलिलो खेतीयोग्य जमिन बाँझो रहेको थियो । 

सिँचाइको राम्रो सुविधा भएको खेतीयोग्य जमिन नै खनजोत हुन नसक्दा पैयुँ गाउँपालिका–७ का अध्यक्ष तोयनाथ शर्माको मन दुख्यो । वडाध्यक्ष शर्माले गाउँको खेतीयोग्य जग्गामा व्यावसायिक तरकारी खेती गर्ने योजना वडा बैठकमा प्रस्ताव गर्नुभयो । वडाको पहलमा २३ जनाको  भोर्ले बहुउद्देश्यीय कृषक समूहको गठनपछि व्यावसायिक तरकारी खेती सुरु भयो । 

अध्यक्ष शर्माकै योजना र माग अनुसार कृषि कार्यक्रम अन्तर्गत गत वर्ष व्यावसायिक तरकारी खेतीका लागि भनी वडामा पाँच लाख रकम विनियोजन भएको थियो । गत आर्थिक वर्षको बजेटबाट स्थानीय कृषकलाई यान्त्रिक हलो, सुकाउने र पिस्ने मेसिन खरिद गरी वितरण गरियो । वडा अध्यक्ष शर्माका अनुसार गत वर्ष वडाको कृषि क्षेत्रमा यान्त्रिकरण गर्ने काम भएपछि यस वर्षदेखि व्यावसायिक तरकारी खेती थालिएको हो । 

व्यावसायिक तरकारी खेतीका लागि यस आवमा वडाले पाँच लाख रकम विनियोजन गरेको छ । वडा अध्यक्ष शर्मा भन्नुहुन्छ, “बाँझो जमिन जोतेर कृषियोग्य बनाई सकेपछि टनेलमा काउली, बन्दा, ब्रोकाउली, प्याजलगायतको बेर्ना उत्पादन गरिएको छ । उत्पादितमध्ये १६ हजार मूल्य बराबरको बेर्ना स्थानीय कृषक साथै अन्य नजिकका गाउँपालिका विहादी, महाशिलाका कृषकलाई बिक्री गरिसकिएको छ ।” 

गाउँपालिका उपाध्यक्ष यामकुमारी रानाले तरकारीमा आत्मनिर्भर भई स्थानीयको आम्दानी वृद्धि गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।   

व्यावसायिक तरकारी खेतीका लागि वडाले नै पारिश्रमिक निर्धारण गर्ने गरी पाँच जना स्थानीयवासीलाई रोजगारी प्रदान गरेको छ । वडाध्यक्ष शर्माका अनुसार वडावासी कृषकलाई सस्तो मूल्यमा तरकारीका बेर्ना उपलब्ध गराइने छ । स्थानीय कृषकको जमिन सस्तो मूल्यमा जोत्नसमेत सहजीकरण हुने छ । 

कृषकले उत्पादन गरेको तरकारी बिक्रीका लागि बजारको व्यवस्था गरिने छ । वडामा रहेका सामुदायिक विद्यालयका विद्यार्थीका लागि पढ्दै, सिक्दै र कमाउँदै भन्ने कार्यक्रम ल्याई कृषिको व्यावसायिक उत्पादनमा लगाउने कार्यक्रम तयार पारिएको छ । यस वर्ष तरकारी बिक्रीबाट कम्तीमा पनि पाँच लाख रकम आम्दानी गर्ने लक्ष्य लिएको वडाध्यक्षले बताउनुभयो । 

अध्यक्षका अनुसार यस वर्ष १० रोपनीमा व्यावसायिक तरकारी खेती गर्ने र बाँकी १० रोपनीमा स्थानीय बेसार खेती गरी वडालाई बेसारमा आत्मनिर्भर बनाउने योजना रहेको छ । वडाध्यक्षले कृषि क्षेत्रमा देखाएको सक्रियताले आफूलाई पनि कृषि कर्ममा लाग्न थप प्रोत्साहन गरेको स्थानीवासीको भनाइ छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर