नेभिगेसन मेनु

भूकम्पमा ८३ बालबालिकाको गयो ज्यान
सम्पादक:南亚网络电视
लेखक: नयाँ पत्रिका
समय:2023-11-07 12:53

cover22023-11-07-06-50-35

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमा आधाभन्दा धेरै बालबालिका छन् । शुक्रबार मध्यरातिको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा एक सय ५३ जनाको मृत्यु भएको छ, जसमध्ये ८३ बालबालिका छन् । स्थानीय प्रशासनबाट प्राप्त जानकारीअनुसार जाजरकोटमा ५५ र रुकुम पश्चिममा २८ बालबालिकाको ज्यान गएको छ । दुवै जिल्लामा एक सय ५३ जनाको मृत्यु भएको गृह मन्त्रालयको तथ्यांक छ । 

जाजरकोटमा सबैभन्दा धेरै मानवीय क्षति नलगाड नगरपालिकामा भएको छ । सहायक सिडिओ हरीशचन्द्र शर्माका अनुसार नलगाडमा १७ महिला, १० पुरुष, १५ बालक र ९ बालिका गरी ५१ जनाको ज्यान गएको छ । त्यस्तै, भेरी नगरपालिकामा ४२ जनाको मृत्यु भएको छ । जसमा १४ महिला, चार पुरुष र बालबालिका २४ रहेका छन् । 

जिल्ला प्रशासनका अनुसार कुसे गाउँपालिकामा दुई महिला, एक पुरुष र चार बालबालिका गरी सातजनाको ज्यान गएको छ । त्यस्तै, छेडागाड नगरपालिकामा एक महिलाको मृत्यु भएको छ । भूकम्पको केन्द्रबिन्दु रहेको बारेकोटको रामीडाँडामा घरहरू पूर्ण रूपमा क्षति भएको भए पनि मानवीय क्षति हुनबाट जोगिएको छ । 

त्यस्तै, रुकुम पश्चिममा २७ महिला र २५ पुरुषले ज्यान गुमाएकामा १७ बालक र ११ बालिका रहेको जिल्ला प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईले बताए । पाँच मृतक ६० वर्षमाथिका छन् । जाजरकोटका सहायक सिडिओ शर्माले भने घाइते पनि धेरै बालबालिका नै रहेको प्रारम्भिक अनुमान रहेको बताए । ‘भूकम्पमा धेरै बालबालिकाको ज्यान गएको छ । घाइतेमा पनि बालबालिकाकै संख्या धेरै रहेको अनुमान छ । विवरण तयार गर्दै छौँ । कतिपय घाइते आफ्नै पहुँचले जिल्लाबाहिर उपचार गर्न जानुभएकाले पनि अझै घाइतेको आधिकारिक तथ्यांक आउन सकेको छैन,’ उनले भने ।

१७,७९२ घर ध्वस्त, १७,५२९ घरमा आंशिक क्षति

भूकम्पमा मानवीय क्षतिको ६६ प्रतिशत व्यहोरेको जाजरकोटमा भौतिक संरचनागत क्षति भने रुकुम पश्चिमको तुलनामा नगन्य छ । एक सय ५३ को मृत्यु भएकामा ६६ प्रतिशत अर्थात् एक सय एक जाजरकोटका छन् । तर, १७ हजार ७९२ घर ध्वस्त भएकामा ९३ प्रतिशत अर्थात् १६ हजार ५७० रुकुम पश्चिमका रहेको प्रारम्भिक तथ्यांक छ । गृह मन्त्रालयअन्तर्गतको विपत् पूर्वतयारी तथा प्रतिकार्य शाखाको प्रारम्भिक तथ्यांकले जाजरकोटमा ११ सय ७० घर मात्रै पूर्ण रूपमा भत्किएको देखाएको हो ।

रुकुम पश्चिमका आधाजसो घर ध्वस्त भएका छन् । स्थानीय तहहरूले संकलन गरेको तथ्यांकअनुसार जिल्लाभर ३९ हजार ७०० घर रहेकामा ४१ प्रतिशत अर्थात् १६ हजार ५७० घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । ६ वटै स्थानीय तहका प्रमुखले सोमबार जिल्ला विपत् व्यवस्थापन समितिको बैठकमा क्षतिको रिपोर्टिङ गरेका हुन् । सबैभन्दा ठूलो क्षति आठबिसकोट नगरपालिकामा भएको छ । नगरभित्र नौ हजार ५२२ घर रहेकामा ७५ प्रतिशत अर्थात् ७ हजार १८४ घर पूर्ण रूपमा ध्वस्त भएको मेयर रवि केसीले जानकारी दिए । ९, १०, ११, १२, १३ र १४ नम्बर वडामा मात्र ५ हजार ३७९ घर रहेकामा १७७ मात्रै सग्ला छन् । अरू सबै बस्नै नमिल्ने गरी भत्किएको मेयर केसीले बताए । जोगिएका घर सबैजसो पक्की हुन् । 

पूर्ण रूपमा क्षतिग्रस्तमध्ये ९३ प्रतिशत अर्थात् १६,५७० घर रुकुम पश्चिमका, क्षतिको पूर्ण विवरण आउन १५ दिन लाग्ने

सानीभेरी गाउँपालिकामा ३ हजार १४६ घरमा पूर्ण रूपमा क्षति भएको छ । ७२२ घरमा आंशिक क्षति भएको गाउँपालिका अध्यक्ष बिर्खबहादुर विष्टले जानकारी दिए । त्यस्तै, चौरजहारी नगरपालिकामा १ हजार ९८७ घरमा पूर्ण र ४ हजार ३७४ मा आंशिक क्षति भएको तथ्यांक छ । 

मुसीकोट नगरपालिकामा २ हजार तीन सय घरमा पूर्ण र ३ हजार पाँच सय घरमा आंशिक क्षति भएको छ भने त्रिवेणी गाउँपालिकामा १ हजार ९३५ पूर्ण र १ हजार २५८ आंशिक क्षति भएको छ । त्यस्तै, बाँफीकोट गाउँपालिकामा १८ पूर्ण र १०७ घरमा आंशिक क्षति भएको सम्बन्धित स्थानीय तहका प्रमुखहरूले विवरण पेस गरेका छन् । तर, प्रारम्भिक विवरण भएकाले क्षति अझ बढी हुन सक्ने उनीहरूको भनाइ छ । 

त्यस्तै, सल्यानमा २५, रोल्पामा १७, जुम्लामा ५, रुकुम पूर्वमा २ तथा दैलेख, वैतडी र कालिकोटमा १–१ घर पूर्ण रूपमा ध्वस्त भएको विवरण आएको छ । जाजरकोटमा ७ हजार १६६ तथा रुकुम पश्चिममा ९ हजार ९६१ घरमा आंशिक क्षति पुगेको छ । त्यस्तै, रुकुम पूर्वमा १८२, सल्यानमा ९७, रोल्पामा ८३, प्युठानमा ३१, दाङमा ७ तथा नवलपरासीमा र दैलेखमा १–१ घरमा आंशिक क्षति पुगेको छ । 

क्षतिको पूर्ण विवरण आउन १५ दिन लाग्ने

सरकारले जाजरकोट भूकम्पको पूर्ण विवरण संकलन गर्न टोली परिचालन गरेको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सोमबार प्रभावित क्षेत्र पुगेको टोलीले घटनास्थलको अध्ययन तथा अवलोकन गर्नेछ । टोलीको सिफारिसपछि घटनाको विस्तृत अध्ययन गर्न आवश्यक प्राविधिकको संख्या निर्धारण हुनेछ । निर्धारित प्राविधिक फास्ट ट्र्याकमा नियुक्त गरिनेछ । उनीहरूलाई तुरुन्तै घटनास्थल पठाइनेछ । उनीहरूको अध्ययनपछि मात्रै क्षतिको वास्तविक विवरण टुंगिने र त्यसका लागि १५ दिन लाग्ने प्राधिकरणका प्रवक्ता धु्रवबहादुर खड्काले बताए । 

‘घटनास्थल अध्ययन तथा अवलोकन गर्न आजै (सोमबार) टोली प्रभावित क्षेत्रतर्फ परिचालित भएका छन् । उनीहरूले प्रभावित क्षेत्रको स्थलगत अध्ययन गर्नेछन् । क्षतिको विवरण संकलन गर्न आवश्यक प्राविधिक कति आवश्यक पर्छ उनीहरूले नै टुंगो लगाउनेछन् । त्यसपछि मात्रै प्राविधिक टोली प्रभावित क्षेत्रमा खटिनेछ र क्षतिको विवरण संकलन हुनेछ । यो कामका लागि कम्तीमा पनि १५ दिन लाग्नेछ,’ उनले भने ।

प्राधिकरणका अनुसार प्रभावित क्षेत्रमा खटिएका प्राविधिक टोलीले पूर्ण क्षति र आशिंक क्षति भएको घरको विवरण संकलन गर्नेछ । उनीहरूकै सिफारिसका आधारमा क्षति पुगेको घर पुनर्निर्माण गर्नुपर्ने, रेट्रोफिटिङ गर्नुपर्ने वा बस्ती नै स्थानान्तरण गर्नुपर्ने अवस्थाको टुंगो लगाइनेछ । त्यसपछि मात्रै पुनर्निर्माणको काम सुरु हुने प्राधिकरणका प्रवक्ता खड्काले बताए । 

वितरण गर्न थालियो राहत

भारतबाट प्राप्त ११ टन राहत सामग्री प्रभावित जिल्ला पठाउन सुरु  चीनले पठाएको १० करोडको राहत सामग्री रसुवा आइपुग्यो

जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रमा सोमबारबाट राहत वितरण सुरु भएको छ । स्थानीय प्रशासन कार्यालयहरूका अनुसार क्षति भएका स्थानका नागरिकलाई राहत वितरण थालिएको छ । तर, व्यवस्थित वितरण कार्यमा भने चुनौती छ । किनभने अभैm प्रभावितको पूर्ण विवरण संकलन हुन सकेको छैन ।

२७ जना गुमाएको जाजरकोटको नलगाड नगरपालिका– १ इमिलीका भूकम्पपीडितलाई चाउचाउ, त्रिपाल, चामल, कम्बललगायत राहत वितरण गरिएको वडाध्यक्ष धनबहादुर महतले बताए । उनीहरूको लत्ताकपडा चर्किएको घरभित्रै रहेको र झिक्न सक्ने अवस्था नभएका कारण खुला आकाशमुनि चिसो रात काट्न समस्या भएको छ । तर, वडा तहसम्म प्रभावितको विवरण पूर्ण रूपमा संकलन हुन नसक्दा वितरणमा चुनौती कायमै छ । वडाध्यक्षहरूले नै पूर्ण विवरण संकलन गर्न सकेका छैनन् ।

रुकुम पश्चिममा भने आठबिसकोटले आइतबारबाट राहत वितरण थालेकोमा सोमबारदेखि सबैतिर पुग्ने गरी व्यापक पारिएको छ । अन्य पालिकाले पनि वितरण थालेपछि पीडितले राहत पाउन थालेका छन् । त्रिपाल, टेन्ट, पी फम, डोरी, ब्लांकेट, कम्बल, चामल, दाल, नुन, तेल, लत्ताकपडालगायत सामग्री वितरण भइरहेको छ । 

सरकारको घोषित नीतिअनुसार राहत वितरणमा एकद्वार प्रणाली अवलम्बन गरिएको छ । सरकारी तथा गैरसरकारी पक्षबाट उपलब्ध राहत सुरुमा जिल्ला प्रशासन कार्यालय जम्मा गरिन्छ । त्यसपछि आवश्यकताका आधारमा स्थानीय तहमा पठाउने गरिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताए । सोमबार बसेको जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले एकद्वार प्रणालीबाट राहत वितरण गर्ने र आफूखुसी गरिने राहत वितरणमा कडाइ गर्ने निर्णय लिएको पनि उनले बताए । त्यसो त, दाताहरूले सीधै स्थानीय तहलाई समेत राहत सामग्री उपलब्ध गराउन सक्नेछन् । तर, वितरणअघि नै जिल्ला प्रशासन कार्यालयमा त्यसको जानकारी गराउनुपर्ने र वितरण गरिएको भर्पाईसमेत बुझाउनुपर्ने प्रजिअ पन्तले बताए । 

सानीभेरी गाउँपालिका अध्यक्ष बिर्खबहादुर विष्टले राहत वितरण सुरु भएको बताए । बढी क्षति भएको ठाउँदेखि राहत वितरण सुरु भएको उनले बताए । तत्कालै भूकम्पपीडितलाई वास र गाँसको व्यवस्थापन गर्न लागिपरेको उनको भनाइ छ । संघ, प्रदेश तथा विभिन्न निकाय र व्यक्तिबाट उपलब्ध वा गाउँपालिका आफैँले समेत राहतका सामग्री व्यवस्थापन गरी वितरण गरिएको विष्टले बताए । 

पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले बुधबारसम्म सबै पीडितलाई पूर्ण रूपमा राहत बाँडिसक्ने दाबी गरेका छन् । जिल्ला विपत् व्यवस्थापन समितिको बैठकमा उनले क्षतिको अवस्थाअनुसार प्राथमिकता दिएर राहत वितरण गरिएको बताए । ‘अहिलेको हाम्रो पहिलो प्राथमिकता राहत वितरण नै हो, बुधबारसम्ममा राहत वितरण गरिसक्छौँ, त्यसपछि भूकम्पपीडितका लागि अस्थायी वासको व्यवस्थापनमा लाग्छौँ, जसका लागि एक–डेढ महिना लाग्न सक्छ,’ उनले भने, ‘अस्थायी वासको व्यवस्थापनपछि पुनर्निर्माण थालिन्छ ।’ देशमै मोडल देखिने गरी भूकम्प प्रतिरोधी घर निर्माण हुने उनको दाबी छ । 

पीडितले धमाधम पाउन थाले राहत, वितरणमा एकद्वार प्रणाली

बुधबारसम्म सबै पीडितलाई पूर्ण रूपमा राहत बाँडिसक्छौँ : जनार्दन शर्मा

आइतबारसम्ममा उद्धारकार्य सकिएपछि सोमबारदेखि धमाधम राहत वितरण सुरु भएको छ । आठबिसकोटले आइतबारबाट राहत वितरण थालेकोमा सोमबारदेखि सबैतिर पुग्ने गरी व्यापक पारिएको छ । अन्य पालिकाले पनि वितरण थालेपछि पीडितले धमाधम राहत पाएका छन् । त्रिपाल, टेन्ट, पी फम, डोरी, ब्लांकेट, कम्बल, चामल, दाल, नुन, तेल, लत्ताकपडालगायत सामग्री वितरण भएको हो । 

सरकारको घोषित नीतिअनुसार राहत वितरणमा एकद्वार प्रणाली अवलम्बन गरिएको छ । सरकारी तथा गैरसरकारी पक्षबाट उपलब्ध राहत सुरुमा जिल्ला प्रशासन कार्यालय जम्मा गरिन्छ । त्यसपछि आवश्यकताका आधारमा स्थानीय तहमा पठाउने गरिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताए । सोमबार बसेको जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले एकद्वार प्रणालीबाट राहत वितरण गर्ने र आफूखुसी गरिने राहत वितरणमा कडाइ गर्ने निर्णय लिएको पनि उनले बताए । त्यसो त, दाताहरूले सीधै स्थानीय तहलाई समेत राहत सामग्री उपलब्ध गराउन सक्नेछन् । तर, वितरणअघि नै जिल्ला प्रशासन कार्यालयमा त्यसको जानकारी गराउनुपर्ने र वितरण गरिएको भर्पाईसमेत बुझाउनुपर्ने प्रजिअ पन्तले बताए । 

सानीभेरी गाउँपालिका अध्यक्ष बिर्खबहादुर विष्टले राहत वितरण सुरु भएको बताए । बढी क्षति भएको ठाउँदेखि राहत वितरण सुरु भएको उनले बताए । तत्कालै भूकम्पपीडितलाई वास र गाँसको व्यवस्थापन गर्न लागिपरेको उनको भनाइ छ । संघ, प्रदेश तथा विभिन्न निकाय र व्यक्तिबाट उपलब्ध वा गाउँपालिका आफैँले समेत राहतका सामग्री व्यवस्थापन गरी वितरण गरिएको विष्टले बताए । पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले बुधबारसम्म सबै पीडितलाई पूर्ण रूपमा राहत बाँडिसक्ने दाबी गरेका छन् । जिल्ला विपत् व्यवस्थापन समितिको बैठकमा उनले क्षतिको अवस्थाअनुसार प्राथमिकता दिएर राहत वितरण गरिएको बताए । ‘अहिलेको हाम्रो पहिलो प्राथमिकता राहत वितरण नै हो, बुधबारसम्ममा राहत वितरण गरिसक्छौँ, त्यसपछि भूकम्पपीडितका लागि अस्थायी वासको व्यवस्थापनमा लाग्छौँ, जसका लागि एक–डेढ महिना लाग्न सक्छ,’ उनले भने, ‘अस्थायी वासको व्यवस्थापनपछि पुनर्निर्माण थालिन्छ ।’ देशमै मोडल देखिने गरी भूकम्प प्रतिरोधी घर निर्माण हुने उनको दाबी छ । 

प्रतिमृतक २५ हजार किरिया खर्च

भूकम्पमा ज्यान गुमाएका परिवारका लागि स्थानीय तहले किरिया खर्च व्यवस्थापन गरेका छन् । आठबिसकोट नगरपालिकाले आइतबार र सोमबार गरी प्रतिमृतक २५ हजारका दरले किरिया खर्च वितरण गरिसकेको छ । नगरपालिकाले राहतसँगै किरिया खर्च उपलब्ध गराएको हो । सानीभेरी गाउँपालिकाले पनि २५ हजारका दरले नै किरिया खर्च उपलब्ध गराउने भएको छ । जिल्लामा ५२ जनाले ज्यान गुमाएकामा आठबिसकोटमा ४२ र सानीभेरीमा १० छन् । यीमध्ये दुई बर्दिया र एकजना रोल्पाका हुन् । त्यस्तै, आठबिसकोट र सानीभेरीका दुई–दुईजनाले जाजरकोटमा ज्यान गुमाएका थिए । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर