नेभिगेसन मेनु

नेपाल चीन सम्बन्धलाई प्रगाढ बनाउँदै खेलकुद
सम्पादक:南亚网络电视
समय:2023-10-31 14:27

IMG_4929

कार्यक्रम पश्चात महामहिम छन् सोङसँग सामूहिक तस्बिर खिचाउन हुँदै नेपालका सम्मानित पदक विजेता। तस्बिर - विशाल श्रेष्ठ/ एस् ए टि भी

काठमाडौं, कार्तिक १४ गते। खेलकुदले चीन नेपाल सम्बन्ध जोड्दछ भन्ने नाराका साथ नेपाल अन्तराष्ट्रिय बाह्य खेलकुद २०२३को उद्घाटन समारोह सम्पन्न भएको छ। नेपालस्थित चिनियाँ दूतावासले सोमबार साँझ, हाङ्जाउ एसियाली खेलकुदका पदक विजेतालाई सम्मान कार्यक्रमको आयोजना गर्दै उद्घाटनको घोषणा गरेको हो।

IMG_4810

अन्तराष्ट्रिय बाह्य खेलकुदमा सहभागी पुन हिल ट्रेकर्स।तस्बिर - विशाल श्रेष्ठ/ एस् ए टि भी

कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत महामहिम छन् सोङ, नेपाल ओलम्पिक कमिटीका प्रमुख जिवन राम श्रेष्ठ, नेपाल खेलकुद परिषदका सचिव टंकलाल घिसिङ, नेपाल पर्यटन बोर्डका प्रमुख डा. धनन्नजय रेग्मी लगायत अन्य विशिष्ट व्यक्तिको गरिमामय उपस्थिति रहेको थियो । कार्यक्रमले हाङ्जाउ एसियाली खेलकुदका रजत पदक विजेता एरिका गुरुङ, कांस्य पदक विजेता महिला कबड्डी खेलाडी साथै प्रशिक्षकलाई सम्मान गर्दै आगामी दिनका लागि शुभकामना प्रदान गरेको थियो।

IMG_4863

नेपालका लागि चिनियाँ राजदूत छन् सोङले आफ्नो मन्तव्यमा भर्खरै सम्पन्न हङ्जाओ एसियाली खेलकुदमा नेपाली खेलाडीहरूले पूर्ण जोश, लगनशीलता र उत्कृष्ट प्रदर्शनका साथ दर्शकबाट न्यानो ताली र प्रशंसा प्राप्त गरेको, साथै दुई देशका जनता बीच आपसी विश्वास र मित्रतालाई प्रगाढ बनाउन सकारात्मक योगदान गरेको उल्लेख गर्नुभयो ।

IMG_4887

"यसपाली १९औं एशियन खेलकुद र चौथो पारा खेलकुद सफल भएको छ। यो एशियन गेम्सको आयोजनामा ओलम्पिक खेलभन्दा कुनै स्थरको कमी थिएन जुन हामी हरेक एशियन लाई गौरवको विषय हो। भविष्यमा नेपाली खेलकुदको स्तरउन्नतीकाे लागि चीन सरकारसँग समन्वय र सहयोगको अपेक्षा राख्दै सदियौंदेखि रहँदै आएको नेपाल चीन बीचको सम्बन्ध, जनस्तरमा बलियो हुदै जाने विश्वास लिएका छौ।" नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जिवन राम श्रेष्ठले व्यक्त गर्नुभयो।

IMG_4907

"खेलकुद मानिसहरूलाई जोड्ने सबैभन्दा बलियो माध्यम, जीवन्त कूटनीतिको ध्रुव र विश्वभर अर्थतन्त्रको सबैभन्दा गतिशील इन्जिन हो। एथलीटहरू संस्कृति, भाषा, राजनीतिक प्रणाली, आर्थिक अवस्था, उमेर, समूह र जातिको सन्दर्भमा विश्वभरका उज्ज्वल ताराहरू हुन्। नेपालका लागि चीनका महामहिम राजदूत र उहाँको दूतावासको टोलीको ठूलो चासो र पहललाई स्वीकार गर्न पाउँदा म साँच्चै उत्साहित छु जसले नेपाल र चीनबीचको युगौंदेखिको बहुआयामिक सम्बन्धलाई सुमधुर बनाउन खेलकूद गतिविधिहरूको आयोजना र उत्थान गरी दुबै छिमेकीका खेलाडीहरूलाई संलग्न गर्दछ जस्ले नयाँ ऐतिहासिक स्थल खडा गरेको छ" नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्नजय रेग्मीले बताउनु भयो।

IMG_4951

कबड्डीका मुख्य प्रशिक्षक पार्वती राईले यो पदक राष्ट्रका लागि ठूलो चुनौती भएको बताइन् । यो उपाधि पाएसँगै अब कबड्डी राष्ट्रिय टोलीले टेबलटेनिस कोर्टमा अभ्यास नगरी छिट्टै आफ्नै ठाउँमा कबड्डीको तालिम लिनेछ । उनले थपे, "हरेक खेलाडीको लागि सफलता रातारात हुँदैन, दुई महिना वा दुई वर्ष पछि पनि होइन, तपाईंले प्रयास र प्रयास काे कोसिस जारी राख्नुपर्छ।

IMG_4956

"दुई महिनाको स्वयम् प्रशिक्षणले कास्य जित्न सफल भएको छु। राम्रो प्रशिक्षण र स्वतन्त्र मानसिकताका साथ खेल्न पाए स्वर्ण जित्न सक्षम छु र भविष्यका दिनहरूमा अवश्य जित्नेमा म पूर्ण विश्वास गर्दछु" तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धनले जताउनु भयो।

एस ए टि भी को क्यामरामा कैद अन्य झलकहरू:

IMG_4795

IMG_4939

IMG_4934

IMG_4930

IMG_4901

IMG_4837

IMG_4834

IMG_4821

IMG_4807

IMG_4802

IMG_4780

IMG_4760

IMG_4759

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर