नेभिगेसन मेनु

वायु सेवा निगमको एयरबस–३३० बुधबार राति २ः३० बजे इजरायल उड्ने
सम्पादक:南亚网络电视
समय:2023-10-11 19:07

20200506161616121_68417

काठमाडौँ । युद्धग्रस्त इजरायलमा फसेका नेपालीलाई उद्धार गर्न नेपाल वायु सेवा निगमको जहाज आज राति इजरायल उड्ने भएको छ । निगमको वाइड बडी जहाज–३३० आज राति २ः३० बजे इजरायल उड्ने तय भएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिएको रातोपाटिमा उल्लेख गरिएको छ । 

हवाई उडान तथा अवतरणका लागि आवश्यक सबै प्रक्रिया, रुट पर्मिटका साथै चार्टर्ड फ्लाइटका लागि इन्स्योरेन्स समेत सबै गरिसकिएको प्रवक्ता पौडेलले जानकारी दिए । यद्यपि, जहाजमा कोको जाने, कसको नेतृत्वमा उडान हुने भन्ने यकिन भइसकेको छैन । यसैको तयारीमा अहिले निगम लागिरहेको छ’ उनले भने । 

निगमको जहाज दुबई ट्रान्जिट हुँदै इजरायल जानेछ । दुबई हुँदै जाने उडानका लागि रुट पर्मिट (उडान अनुमति) लिनुपर्ने हुँदा जहाज उडानमा केही ढिला हुन गएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए । तर, चार्टर्ड उडानका लागि नेपालका तर्फबाट भने निगमलाई कुनै रोकटोक नहुने उनले बताए ।

इजरायलमा अलपत्र परेका नेपालीलाई बिहीबार साँझ नेपाल ल्याइने 

उद्धारका लागि आज बुधबार राति २ः३० बजे नेपाल वायु सेवा निगमको जहाज इजरायल जाने निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिनुभयो । नेपालबाट दुवई ट्रान्जिट भई जहाज इजरायल पुग्ने छ ।

निगमले गरेको तयारीको आधारमा सबै कुरा यथावत रहेमा निगमको जहाज भोलि (बिहीबार) बिहान ९ बजे इजरायल पुग्नेछ र त्यहाँबाट ९ः१० बजे उडेर भोलि राति ८ः३० बजे नेपाल अवतरण गर्ने कार्यतालिका रहेको पौडेलले बताउनुभयो ।

उहाँका अनुसार अहिले रुट परमिटको अनुमतिको कार्य अघि बढिरहेको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर